संघ नया उचाइमा : वैश्य

नेपालगन्ज उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष नन्दलाल वैश्य संघीय संरचनामा मुलुक गैसकेपछि संघको भूमिका नया ढंगले अगाडी बढ्ने बताउछन् । संघको ५०औं बार्षिकोत्सव तथा २५औं र २६औं बार्षिक साधारणसभा तयारीको पूर्व सन्ध्यामा शुक्रबार साझ दैनिक नेपालगन्जसग कुरा गर्दै वैश्यले भने, ‘पुरानो पाराले पुग्दैन ।’

 
राजनीतिक संघर्ष सकिएकाले मुलुक आर्थिक समृद्धिका दिशा तर्फ अगाडी बढेपछि निजी क्षेत्रको नेतृत्व गरेको उद्योग, वाणिज्य संघ स्वभाविक रुपले नया“ भूमिकामा देखिने तर्क अध्यक्ष वैश्यको छ । वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव अजय कुमार टण्डन, कोषाध्यक्ष आदेश कुमार अग्रवाल, कार्यसमिति सदस्य अब्दुल वाहिद अन्सारी र कार्यालय प्रमुख अजय सिंह सिजापति स“गै बसेर साधारणसभा तयारी गरिरहदा अध्यक्ष वैश्य साधारणसभाबाट विशेष योजना साथ अगाडी बढ्ने तर्क गर्दै थिए । ‘त्यसका लागि विधान समेत संशोधन गरिंदैछ’, संघका कानुनी
सल्लाहकार अधिवक्ता विश्वजित तिवारी स“गै योजना बनाइरहेका अध्यक्ष वैश्यले भने ।

 
व्यवसाय सग सम्बन्धित विविध पक्षहरु राम्रो व्यवस्थापन भयो भनेमात्र व्यवसाय चल्ने विचार राख्ने वैश्यले भन्सार, यातायात, सडक, बिजुली, रोजगारी, राजनीतिक स्थिरता लगायतका सबै विषय वस्तु व्यवसाय सग जोडिएकाले ति सबलतासगै व्यवसायिक क्षेत्र फष्टाउ“दै जाने विश्वास गरे । ‘मुलुकले राजनीतिक स्थिरता पाएसगै आर्थिक क्षेत्र पनि फष्टाउदै जान्छ’, वैश्यले संघका प्राथमिकता स्वतः परिवर्तन हु“दै जाने विश्वास गर्दै भने ।

 
‘व्यवसायीका समस्या पहिल्याउदै तिनका समाधानका नै हाम्रो प्राथमिकता हो’, अध्यक्ष वैश्य भन्छन्, ‘श्रम कै कुरा गर्दा यहाका हाम्रा दाजुभाई बिदेश जाने र यहा“का औद्योगिक क्षेत्रले श्रमिक नपाएको अवस्था चिर्न नि हामीले रोजगार मेला आयोजना गर्यौं ।’ वैश्यले रोजगार मेलालाई आगामी बर्ष पनि निरन्तरता दिने विश्वास दिलाउ“दै भने, ‘३ सय बेरोजगार युवालाई अन द स्पट रोजगारीको सुनिश्चितता गरियो, हाम्रा लागि यो यो कम्ति सुखद् पक्ष होइन ।’ वैश्यका अनुसार, जनशक्ति अभावले भारतीय श्रम शक्तिमा भरपर्नुपर्ने बाध्यता चिर्न रोजगार मेलाको अवधारणा अघि सारिएको हो । त्यसका लागि नेपाल उद्योग वाणिज्य महासंघले सहयोग गर्यो ।

 
आगामी माघ ११ देखि राष्ट्रिय स्तरको मेला महोत्सव आयोजना गर्ने घोषणा गरेका अध्यक्ष वैश्यले तेस्रो मुलुकबाट पनि व्यापारिक स्टलको तयारी भैरहेको जानकारी दिए । ‘उनीहरु यहा आएर आफ्ना मालसामानको बेचबिखन भन्दा नेपाली उत्पादनलाई तेस्रो मुलुकसम्म पुर्याउन किसानसग समन्वय गर्नेछन्’, व्यापार मेलाका रुपमा नभई महोत्सवका रुपमा आयोजना तयारी भैरहेको जानकारी दिंदै अध्यक्ष वैश्यले भने ।

 
संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले औद्योगिक विकासका लागि संघले निरन्तर प्रयासरत् रहेको बताए । ‘औद्योगिक करिडोरका रुपमा गनापुर क्षेत्रको विकास गर्न र सो अनुसारको सुविधा ल्याउन लागि परेका छौं’, उद्योग तर्फको जिम्मेवारी सम्हालिरहेका उपाध्यक्ष मन्सुरीले उद्योगीहरुलाई नै मध्यनजर आफुहरु नेतृत्वमा आउना साथ विद्युत समस्या समाधान गर्न लागि परेको सुनाए । ‘उद्योगी र व्यवसायीलाई समान ढंगबाट एउटै छाताभित्र राखेर हरेक समस्याका समाधानमा अग्रसरता लिएका छौं’, अध्यक्ष वैश्य र उपाध्यक्ष मन्सुरीको एउटै स्वर थियो ।

प्रतिक्रिया

प्रतिक्रिया