नेपालगंज उप महानगरपालिकाको नगरसभा कार्तिक २२ मा

ओबिराज आचार्य ]

नेपालगंज उप महानगरपालिकाको नगर सभा यहि कार्तिक २२ गते हुने भएको छ ।

नेपालगंज उप महानगरपालिकाको कार्तिक ६ गते बसेको बोर्ड बैठकले गरेको निर्णय अनुसार मंगलबारबाट हरेक वडाको वडा भेला गर्दै बजेट, नीति र कार्यक्रम तय गर्ने भएको हो । लामो समय देखि बिभिन्न कारणले रोकिएको नगर सभाका लागि आवश्यक तयारी पुरा गरि मिति तय गरिएको उप महानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाले वताउनु भयो ।

 

वडा गत बजेट, वडा भेला, बिकास निर्माणका कार्यहरु लगाएतका बिषयलाई व्यापक छलफल गरि नगर सभाको मिति तोकिएको डा. राणाले बताउनु भयो । उहाँका अनुसार अव नेपालगंजको मुहार फेरीने गरि नयाँ नीति, बजेट र कार्यक्रम ल्याईने बताउनु भयो ।

 

 

आज बसेको नगर कार्यपालिकाको बैठकले नगर सभाका लागि भोलि देखि हरेक वडामा वडा भेला, नगरबासीका माग तथा चाहानाका वारेमा प्रत्यक्ष छलफल गर्ने समेत निर्णय गरेको छ । नगर सभा सम्पन्न भए पश्चात उप महानगरपालिकाका २३ वटै वडाहरुले आ आफ्नो वडामा बिकास निर्माण लगाएतका कार्यहरु अगाडि बढाउने भएका छन ।

प्रतिक्रिया

प्रतिक्रिया