अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले विद्युत कर्मचारीलाई घुसको रकम सहित पक्राउ गरेकोछ ।
मंगलबार सेवाग्राहीसँग नौ हजार रुपैयाँ घुस लिएको भन्ने सूचनाका आधारमा पुगेको अख्तियार टोलीले नेपाल विद्युत प्राधिकरण, खजुरा नोलाईट शाखा बाँकेका प्राविधिक (तेश्रो तह), जयराम न्यौपानेलाई घुसको रकम सहित पक्राउ गरेको हो ।
अख्तियारले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।