प्रेममा फसाएर प्रेमिकाको अश्लील भिडियो बनाउने एक युवकलाई बाके प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले शुक्रबार साझ बासगढीबाट ती युवकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाकेले आइतबार दिएको जानकारी अनुसार, कोहलपुर–१२ बस्ने २२ बर्षिय राजु बुढाक्षेत्रीलाई बर्दियाको बा“सगढीबाट लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको छ ।
५ महिना अघि भएको एउटा सामूहिक बलात्कारको घटनामा नाइके मानिएका राजु माथि प्रेममा फ“साएर १८ बर्षिय युवतीको अश्लील भिडियो बनाएको समेत आरोप छ । ‘प्रेममा फ“साएर युवतीस“ग करणी गरेका उनले त्यसको भिडियो समेत बनाएको पाइयो’, अनुसन्धानमा खटिएका प्रहरी अधिकृत भन्छन्, ‘अश्लील भिडियोका नाइके नै राजु हुन् ।’
सोही भिडियो देखाएर ब्यालेकमेल गरेका उनले आफ्ना साथी रुपेश डा“गी र सागर शाहीलाई समेत करणी गर्न दबाब दिएका थिए । युवतीले नमानेपछि ललाई फकाई जंगल बोलाएर जेठ १० गते राती साढे ९ बजे तीन जनाले कोहलपुर–१३ सिम्रिक सामुदायिक वनमा सामूहिक बलात्कार गरेको प्रहरीको अभियोग छ ।
‘सम्पूर्ण घटनाको मुख्य अभियुक्त यही हो’, राजु बुढाक्षेत्री पक्राउ बारे इलाका प्रहरी कार्यालय कोहलपुरका
इन्चार्ज, डिएसपी यज्ञ प्रसाद भट्टराईले दैनिक नेपालगन्जसग भने । प्रहरीका अनुसार, राजु र युवती बीचको सम्बन्धलाई सागर र दिपेशले आफ्नो मोबाइलमा कैद गरेर अश्लील भिडियो बनाएका हुन् ।
उनीहरु तीन जनाबारे सामूहिक बलात्कारको अभियोग दुई महिना पछि गत साउन १७ गते इप्रका कोहलपुरमा मुद्दा दर्ता गरिएको थियो । ‘बाकी २ जनाको पनि निरन्तर खोजी कार्य भैरहेको छ’, मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा राजु फेला परेपनि दिपेश र सागरको खोजी भैरहेको जानकारी दिंदै डिएसपी भट्टराईले भने । प्रहरीले अदालतमा म्याद थप गरी थप अनुसन्धान कार्य अगाडी बढाएको जनाएको छ ।
शुक्रबार पक्राउ परेका राजुलाई आइतबार बाके जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ । ‘बाकी पनि छिट्टै फेला पर्छन्’, डिएसपी भट्टराईले भने ।