जीवन शर्मा
विगत १५ वर्षदेखिको दशैको विदालाई आन्तरिक पर्यटकका रुपमा घुम्न विशेषत पदयात्रामा निस्कने हाम्रो क्रम यसपालि पनि निरन्तरता रह्यो । दशैमा हुने लामो विदालाई सदुपयोग गर्ने भन्दै हामी केही साथीहरुले आन्तरिक पर्यटन प्रवद्र्धन मात्रै हैन देशको भौगोलिक अवस्था, सास्कृतिक पक्षका विभिन्न पाटो, विकास, रहनसहन, खानपानको नजिकबाट अवलोकन र अध्ययनका लागि पनि पदयात्रामा निस्कने परम्परा जस्तै बनाइसकेका छौ । हामीले यसअधिका वर्षहरुमा पनि मुस्ताङ्ग, रसुवा, रारा, देलखा, अन्नपूर्ण बेस क्याम्प लगायत थुप्रै स्थानहरुमा सामूहिक रुपमा घुम्न निस्किसकेका छौ ।
दशैको एक महिना अगाडि नै साथी रमेशले यसपालि घुम्न कताजाने भनेपछि मैले एकैपटकमा सोच्दै नसोची भन्देको थिए ‘खप्तड’ । खप्तड यात्रा तय भएको एक सातामा हामीले हाम्रो पदयात्रा मार्ग परिवर्तन गयो । मनाङ्गलाई हाम्रो यसपालाको यात्रा तय गर्ने निधो गयौ । हामीसँग मनाङ्ग यात्रा निस्कनु अघि विकल्पहरु प्रसस्त थिए । अन्नपूर्ण पूरै मनाङ्ग, तिलिचो, थोराङ्गला पास, मुस्ताङ्ग, मुक्तिनाथ, जोमसोम र बेनी हुदै फर्कने अथवा मनाङ्ग तिलिचोसम्म पुग्ने अथवा मनाङ्ग तिलिचो हुदै थोराङ्गला पास पुगेर पुन मनाङ्ग नै झर्ने । हामी साथीहरु बीच लामो छलफलपछि तेस्रो विकल्प रोज्यौ र हामी साथीहरु रमेश, नरेन्द्र, राजु, अशोक, विष्णु, किरण, सुमन र म जाने भयौ ।
हामीले यात्राका लागि आधाबाटो सम्मकोलागि मोटरसाइकल र त्यहाँबाट पदयात्रा गर्ने तयारीका साथ विजयादशमीको भोलीपल्ट विहान डुम्रे बजारमा भेट गर्ने सल्लाह भयो किनकी हामी कोही काठमाडौ, कोही हेटौडा त कोही तनहुँ थियौ त्यसो हुँदा डुम्रे बजार उपयुक्त स्थान थियो । हामीले मोटरसाइकलको यात्रा चाही आफू अनुकुल बनाउनु थियो ।
समयमै हामी भेटघाट गयौ । हामीले लमजुङ्गको बेशीशहरमा पदयात्रालाई आवश्यक चकलेट, स्टिक, केहीसाथीहरुले चिसोमा लगाउन लुगा र अन्य सामाग्री किनमेलपछि हाम्रो यात्रा लमजुङ्गको स्याङ्गेमा साँझ गएर रोकिन्छ । कच्चिबाटो भएपनि मनोरम हिमालका दृष्य, झरना, खेतका गह्राहरुमा पाकेका धान र मस्र्याङ्गदी नदीको किनारै किनार बाइकमा हुइकिनुको मज्जै भिन्नै छ । पहिलो दिनमा हामीलाई सबैभन्दा नयाँ विषय हाम्रोलागि सुरुङ्ग मार्ग रह्यो । लमजुङ्ग बेशिशहरबाट करिब एक डेढघण्टामा भुलभुले भन्ने स्थानमा माथिल्लो मस्र्याङ्गदी जलविधुत आयोजनाका लागि बनाइएको सुरुङ्ग सर्वसाधारणका लागि पनि खुल्ला रहेको छ ।
स्याङ्गेमा विहानै हामीले सोध्यौ अब यहाँबाट मनाङ्गको सदरमुकाम चामे पुग्न कति समय लाग्छ ? ठयाक्कै र ठोस जवाफ नपाएपनि हामीले दास्रोदिनको यात्रा विहान सातबजे शुरु गयौ । हाम्रो यात्रा कच्चिबाटोको कारण जति कठिन थियो त्यति नै रोमाञ्चक बन्दै गएको थियो । हामीलाई च्याम्चेमा रहेको झरनाले पहिलो स्वागत गर्छ । केही समयको अलमल र विहानी खाजासँगै हाम्रो यात्रा जारी रहन्छ । पहरा खोपेर बनाइएका सडक र अत्यन्त अप्ठायारो बाटो भएपनि हाम्रो लक्ष्य अनुसार हामी मनाङ्ग पुग्नै पर्नेथ्यो जसरीपनि । जति उत्तर लाग्छौ हामी उचाईमा मात्रै जादैनौ अब हिमालाई पनि दक्षिण पार्दै गइरहेका थियौ । बाटोमा पर्ने ध्वजा टागिँएका गुम्बा, माने, र झर्ना हाम्रो लागि मोटरसाईकलको कुदाइसँगै दिमागमा घुमिरहेका थिए ‘नेपाल के मा कमी भएको देश हो र ?’ मनमा उब्जेको प्रश्नसँगै हामी च्याम्चे, जगत, धारपानी, चामे, हुङ्गदी, पिसाङ्ग हुदै हाम्रो यात्रा झमक्क साँझमा मनाङ्ग गाउँ पुग्छौ ।
मनाङ्ग हामीले दिमागमा बनाएको तस्बिर जस्तै छ । शान्त, सरल र सौम्य । प्राकृतिक सुन्दरताको भण्डार नै हो । मनाङ्ग पुगसक्दा अब हामीले पर लमजुङ्गबाट उत्तरतर्फ देखिएका हिमालहरु आँखा अगाडी काखै नजिक लाग्न थाल्छन । प्रकृतिसँग रमाएर डुल्न, कविता र साहित्यमा कलम चलाउनेहरुका लागि सयौ कविता र साहित्यका लाइनहरु क्षणभर मै फुर्छन् ।
यहाँका होटलहरुमा पाइने सामाग्री अब थोरै महङ्गो लाग्न थाल्छन हामीलाई । हामी मनाङ्ग गाँउसँँम्म पुग्दा चिसो बढीसकेको हुन्छ । ३५ सय भन्दा अग्लोस्थानमा रहेकोले पनि हामीलाई यहाँको वातावरणले थोरै भएपनि फरक अनुभव हुन थालिसक्छ । साँझ सानो चिटिक्क परेको बजार घुमिसकेपछि हाम्रोबास यहाँ हुन्छ ।
अबको पालो हाम्रो हिड्ने रहेको छ । साँच्चै पदयात्रा शूरु गयौ हामीले मनाङ्गबाट । तेस्रो र उकालो गर्दै हिड्नु पर्ने बाटोमा हामी सबै साथीहरु उत्साहित भयौ । मनाङ्गबाट खाङ्गसार, श्रीखर्क हुदै हामीले तिलोचो बेसक्याम्पसम्मको यात्रा तय गर्नुपर्नेथियो । थोरै तेस्रो, उकालो र अत्यन्त डरलाग्दो भिरालो (बालुवा) बाटो भएकोले पनि हामीलाई प्रसस्तै समय लाग्ने अनुमान सजिलै लगायौे । म विहान आठ दश किमी हिड्ने, साइकल चलाउने गरेकोले पनि उचाई र हिडाइले त्यति असर गरेन । केही साथीहरुलाई गाह्रो भैसकेको थियो ।
माथिल्लो श्रीखर्क पछि तेस्रो तर भिरालोेबाटोले मन बेला बेला झस्काए पनि हिमालसँगको सामिप्यता, पदयात्रामा भेटिएका पर्यटकका अनुहार, मनाङ्गेहरुको हसिलो, सरल र मिठास हाँसोले सबै थकान मेटाउँछ । हामीले अनुमान गरेभन्दा सयौ गुना बढि आन्तरिक पर्यटक भेटिंदा भिन्नै अनुभुति भैरहेको थियो । जब हामी तिलिचो बेसक्याम्प पुग्छौ हामी दङ्ग पर्छौ । सयौ आन्तरिक पर्यटक र थोरै विदेशी पर्यटक । जम्मा ३ वटा होटल रहेको बेसक्याम्पमा खुट्टा राख्ने ठाँउ थिएन साथी राजु र हामीले होटलका दाइको अधि र पछि लाग्यौ । हामीले त्यो सयौ भिडमा कोठा पाउने त कुरै थिएन टुक्रुक्क बस्न पाएपनि धन्न जस्तो भो । होटलका दाईले बल्ल बल्ल फुर्सद पाए र शर्तसहित हामीलाई बास दिने भए, शर्त थियो मैले म्योनज गरेको ठाउँमा बस्नपर्छ । हामीलाई शर्त मन्जुर नहुने कुरै भएन ।
विहान ४ बजे नै उकालो नचढे गाह्रो हुन्छ है कोही पदयात्रीले सल्लाह दिए । हामीले पनि त्यही सोचेर विहान ४ बजे हिड्ने योजना बनायौ तर सुत्ने खाने ठेगान भएन । जति साँझ पर्दै गयो मानिसहरु थपिदै गए । न खानाको ठेगान, सुत्नुको जस्तो हुदै गयो । हामीले जुक्ति निकाल्यो हामी जहाँ बसेका थियो त्यो ठाँउ नछाड्ने । राती नौ बजे होटलका दाईले हल्ला गरे ‘हेटौडाको टोली’ हामी चनाखो भयौ दाईले खाना ल्याउनु भयो । खाना खाएपछि अबको चिन्ता सुत्नु पर्नेमा थियो । कहाँ सुत्ने त्यो रेल्वे स्टेशन, बसपार्क भन्दा कम देखिन्नथ्यो । म मिलाई हाल्छु एकछिन एकछिन भन्दै होटलका दाई अर्कोटोलीलाई गुहार्दै थिए ‘चितवनको….. पोखराको टाली’ खाना खुवाउँछु अनि सबैलाई यही सुत्ने ठाँउ बनाउँछु । हामी मुखामुख गर्दै थियौ यहाँ कसरी अटाइन्छ ?
एकसय ३० ४० जनालाई मिलेर सुतौ भन्दै होटलका दाई हल्ला गर्न थाले । अब यो जत्तिको विकल्प अर्को नभएपछि निदाउने कुरालाई विर्सेर हामी तेस्रो भएर लाइनै पल्ट्यौ मुस्किलले हल्लन मिल्थ्यो । हामी जसोतसो शिरक तानतुन गरेर सुत्यौ । विहान ३ बजेबाट हल्ला शुरु भयो ए अब उकालो लागम उकालो । हामी पनि छिनभर मै तयार भयौ ।
टाउकामा बत्ति बालेर, कोक, चकलेट र अन्य खानेकुरा खा“दै उकालो चढ्दै गयौ । अघिल्लोदिन तेस्रो देखेको भिरालो बाटो अब हाम्रो नाकै ठोकिएला जसरी तेस्रो हाम्रो लागि । जति उकालो लाग्दै गयौ माथि माथि सम्म जुनकिरी जस्ता मानिसहरुको ताती देख्दा हाम्रो पनि भित्रैबाट हौसला जाग्थ्यो । जति उकालो चढ्यौ उति नै उचाई लाग्दै गयो । साथीहरु कोही औषधी त कोही धिमा गतिमा हिड्न थाले । जति उकालो र गाह्रो भएपनि पर कता कता देखिएका तिलिचोसँगैका हिमाल अब हाम्रो सामिप्यमा थिए । विहानी घामको पहिलो झिल्को जब हिमालमा ठोकिन्छ । थकान र गाह्रो अनुभव अब एकैपटक हराउ“छ । हामी साहासिक पदयात्राको अन्तिम विन्दुमा पुग्दा महसुस गयौ मेरो नेपाल ‘सुन्दर, शान्त र बिशाल’ छ ।