पटाका सग खेल्दा…

तिहारको बेला जथाभावी पटाका पड्काउनेलाई मंगलबारको एउटा घटनाले झस्काएको छ ।
खजुरा–३ धौलागिरीका ३५ बर्षिय युवा कृष्ण क्षेत्री स–साना बालबालिकासग पटाका सग रमाउदै गर्दा हातको औंला नै गुम्ने गरी घाइते भएका छन् । बालबालिकासग रमाउदै पटाका पड्काइरहेका उनले केही शक्तिशाली पटाका तलाउमा पड्काउन खोज्दा दाया हातमा गम्भीर चोट लागेको हो । ‘एउटा औंला जोगाउनै नसक्ने गरी घाइते भएको छ’, शल्यक्रियामा संलग्न चिकित्सक डा. विनोद कर्णले दैनिक नेपालगन्ज सग भने, ‘पञ्जा पनि पूर्ण रुपमा छियाछिया भएको छ ।’ डा. कर्णका अनुसार, हातको पञ्जा प्लाष्टिक सर्जरी पछि पुनः स्थापित गर्ने अवस्थामा आइपुगेको छ भने चोर औंला पूर्ण रुपमा पूरानै अवस्थामा फर्कन सक्ने, नसक्ने भन्ने कुरा यसै भन्न सकिन्न ।

 
परिवारका अनुसार, बालबालिकासग निकै घुलमिल हुने कृष्ण उनीहरुलाई पटाकामा खुशी पार्न खोज्दा आफै घाइते भएका हुन् । दिउसो साढे ४ बजेतिर खुर्सानी, सुतली, झिरझिरी लगायतका पटाकाहरुमा खेलिरहेका बेला एउटा पटाका तलाउमा पड्काउन भनेपछि सल्काएर फाल्नै थाल्दा हातमै पड्किएको हो । जिल्ला प्रशासन कार्यालय बाकेले पटाका पड्काउन, बिक्री वितरण गर्न प्रतिबन्ध लगाउदै कसैले त्यसो गरेको पाइएमा कारवाही गर्ने सूचित गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया