‘दुग्ध व्यवसाय धराशयी’

बसन्त गौतम
खुल्ला रुपमा भारततर्फबाट नेपालगन्ज भित्रिने दुधका कारण नेपाली दुग्ध ब्यवसाय धराशयी हुने अवस्थामा पुगेको सम्बध व्यवसायीहरुले बताएका छन् । ‘लाखौंको लगानी क्रमशः डुब्ने अवस्थामा पुगेको छ,’ अगुवा व्यवसायीहरु राज्यले संरक्षण दिन नसकेको दुखेसो पोख्दै भन्छन् ।

 
बिना रोकटोक खुल्ला रुपमा दैनिक रुपमा ९५० लिटर बढी दुध भित्रिने गरेको क्वारेन्टाइन कार्यालय नेपालगन्जले जनाएको छ । गुणस्तरको बारेमा ल्याबमा चेक जाँच नभै निर्वाध रुपमा भारतीय दुध नेपाल भित्रिंदा बाँकेका स्थानिय ब्यवसायीलाई ब्यवसाय संचालनमा असर परेको जिल्ला दुग्ध ब्यवसायी संघ बाँकेका अध्यक्ष बदरुद्धिन अन्सारी दुखेको पोखे ।

 

 

दुधहरु लेवलिङ्ग, प्याकेजिङ्ग, ल्याव टेस्ट बिना खुल्ला रुपमा नेपालगन्ज भित्रिने भारतीय दुधका कारण एकातिर दुधको गुणस्तरको प्रश्न चिन्ह लागेको छ भने अर्को तर्फ बाँकेका स्थानीय दुग्ध ब्यवशाय समेतलाई असर पारेको अन्सारीले बताए ।

 

नेपाल सरकारले नेपाली दुग्ध ब्यवसायीलाई मापदण्ड पुरा गरि गुणस्तर निर्धारण गरेरमात्र ब्यवसाय संचालनको व्यवस्था गरेपनि भारतीय दुध सहजै भित्रि रहेको छ । ‘यसले उपभोक्ताको स्वास्थ्यमा पार्न सक्ने असर बारे कसैको ध्यान नपुगेकोमा आश्चर्य लागेको छ,’ अन्सारीले दैनिक नेपालगन्ज संग भने । भन्सार नगराई ठुलो परिणामको दुध भारतबाट नेपालतर्फ आयात हुने कार्यले राजश्व छली भैरहेको अन्सारीको भनाइ थियो ।

 

 

अर्काेतिर नेपालगन्जमा बिना दर्ता मापदण्ड पुरा नगरी बजारमा खुल्ला रुपमा दुध बिक्री बितरण गर्ने कार्यले अस्वस्थ्य प्रतिस्पर्धालाई बढावा दिएको र सच्चा दुग्ध ब्यवसायीलाई मर्का परेको अन्सारीले दुखेको पोखे । ‘बजारमा गुणस्तरहीन दुधले कब्जा जमाउँदा नेपाली किसानका उत्पादन बैकल्पिक खाद्यमा प्रयोग गर्नुपरेको छ,’ व्यवसायीहरु भन्छन् ।
दुग्ध ब्यवसायी प्रभात कुमारी ठकुरीले बजारमा खुल्ला रुपमा जथाभावी दुध बिक्रि बितरण भै रहे पनि नियमनकारी हुन नसक्नु दुखत पक्ष भएको भन्दै सस्तोको नाममा बजारमा खुल्ला रुपमा गुणस्तरहिन दुधको बिक्री बितरण भैरहेकोले यस्तो कुरामा उपभोक्ता सचेत हुनु पर्ने बताए । उपभोक्ता सचेतनाको अभावमा बाँकेमा लेवलिङ्ग र पास्चुलाईजेसन बिनाका गुणस्तरहीन खपत बढी हुँदा मापदण्डपुरा गरि ब्यवसाय संचालन गर्ने दुग्ध ब्यवसायी ब्यवसायबाट बिस्थापित हुनु पर्ने अवस्थामा पुगेको दुग्ध ब्यवसायी बताउछन् । ‘बैधानिक कारोबार गर्नेलाई नै राज्यको नियमकानुनले पनि सताउने गरेको छ,’ व्यवसायीहरु भन्छन्, ‘अबैध कारोबार गर्नेहरु निर्वाध रक्सी र दुध एकै ठाउँमा बैच्छन्, डेरी भनेर लेख्छन् ।’

 
बाँके जिल्लामा सिमित संख्यामा मापदण्ड पुरा गरि दुध र दुग्धजन्य पदार्थको बिक्रि बितरण गरे पनि ठुलो संख्यामा मापदण्ड र अनुज्ञापत्र नलिई दुग्धजन्य पदार्थको बिक्रि बितरण भैरहेको छ । सरकारी निकायले दर्ता गरि संचालनमा आएका दुग्ध ब्यवसायीलाई बिधिन्न बहानामा सताउने गरेको भए पनि दर्ता बिना अबैध संचालनमा आएका दुग्ध ब्यवसाय उपर कुनै कारवाही नभएकोमा जिल्ला दुग्ध ब्यवसायीहरु संघ आश्चर्य चकित भएको संघ सचिव शिव शंकर उपाध्यायको भनाइ छ ।

 
घरेलु कार्यालयका प्रमुख कमल प्रसाद घिमिलेले मापदण्ड पुरा नगरि दुग्धजन्य पदार्थको बिक्रि बितरण भैरहेको बारे नियमनको आवश्यकता रहेको भन्दै भारत तर्फबाट आइरहेको गुणस्तरहीन दुधको कसरी नियन्त्रणका गर्ने भन्नेमा सबैको ध्यान जानु पर्ने बताए ।

 
क्वारेन्टाइन कार्यालय नेपालगन्जका तिलक प्रसाल आचार्यले ल्यावको अभावमा दुधको परिक्षणका बिना भारतीय दुध नेपाल भित्रिने गरेको स्वीकार गर्छन । ‘भारतबाट आयातित गुणस्तरहीन दुध रोक्न आफ्नो कार्यालय तयार रहेको र यसका तालुक कार्यालय र अन्य सरोकारवाला निकायको प्रभावकारी भुमिका खेल्नु पर्ने’ आचार्यको जोड छ । कस्तो दुध खान हुने र कस्तो खान नहुने भन्ने बारेमा आम उपभोक्तालाई जानकारी नभएकाले गुणस्तरियताको बारेमा ब्यापक प्रचार प्रशार हुनु पर्ने उपभोक्ता अधिकारकर्मी बताउछन् ।

 
बजारमा मापदण्ड बिपरित जथाभावी दुध बिक्रि बितरण भैरहेको भन्दै डेरी व्यवसायी समेत रहेका अधिकारकर्मी प्रभात सिंह ठकुरीले मापदण्डबिपरित गुणस्तरहीन दुधको बिक्रि बितरण गर्ने उपर कारवाही हुनु पर्नेमा जोड दिएका छन् । नेपालगन्जमा २० हजार लिटर दुध नेपाली किसानकै उत्पादन आउने गरेको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया