बाँकेमा अवैध इ–रिक्सा, प्रभावहीन प्रहरी कारवाही

प्रहरीले एकै दिन एक हजार बढि अवैध ईरिक्सा नियन्त्रण गर्दा कानून बमोजिम दर्ता अभियान चलाएको एक महिना बढि समय हुँदा पनि हाल सम्म १८० रिक्सा मात्र दर्ता प्रक्रियामा अघि बढेका छन् । भाद्र १८ गते जिल्ला प्रहरी कार्यालय बाँके र ट्राफिक प्रहरीले संयुक्त कारवाही गरि बाँकेमा गाउँपालिका र नगरपालिकामा दर्ता रहेका रातो प्लेटका निजी ईरिक्सालाई भाडामा दर्ता गर्न पहल थालेको थियो ।

 

 

संयुक्त रुपमा भएको कारवाहीमा निजी सवारी साधनमा दर्ता भएका ईरिक्साहरुलाई कारवाही गर्दै ५५० ईरिक्सा नियन्त्रणमा लिइएको थियो । २०७० साल देखि नेपालगन्जमा संचालनमा आएका ईरिक्सालाई प्रहरीले झण्डै ४ वर्षपछि अवैधानिक घोषणा उनीहरुलाई कानून बमोजिम भाडाको सवारीमा दर्ता गर्न दबाव भएको एक महिना पछि १८० ईरिक्सा यातायात ब्यवस्था कार्यालयमा दर्ता भएका छन् ।

 
बाँकेमा ईरिक्सा दुई किसिमले चल्दै आएका छन् । कालो प्लेट भएका ईरिक्साहरु यातायात कार्यालयमा भाडाको सावरीमा दर्ता भई यात्री ढुवानी गर्न पाउने अनुमति प्राप्त गरेका छन् । सो वापत उनीहरुले कानून अनुसार लाग्ने कर समेत तिर्नु पर्ने ब्यवस्था छ । रातो प्लेट भएको ईरिक्साले निजी सवारी साधनमा तत्कालिन गाबिस वा नगरपालिका मार्फत दर्ता भई संचालनमा रहेका छन् ।

 
‘रातो प्लेट भएको सवारी साधनले सार्वजनिक रुपमा सवारी साधन बोक्न पाउँदैन’, जिल्ला ट्राफिक कार्यालय नेपालगन्जका प्रमुख होम बहादुर थापाले भने, ‘विचमा दशैंको विदा परेका कारण दर्ता प्रक्रियामा ढिलाई भएको हुन
सक्छ ।’ बाँके प्रहरीले दावी गरेको ७ हजार ईरिक्सा मध्ये गाबिसमा दर्ता भएका करिब १ हजार रिक्साहरु रातो प्लेट मार्फत संचालनमा छन् । उनीहरुको हातमा सवारी चालक अनुमति पनि छैन । ‘ट्राफिक प्रहरी माझ सबै भन्दा ठूलो चुनौती कानूनी प्रक्रिया पूरा नहुनु नै हो’, प्रमुख थापाले भने, ‘हामीले दबाव बढाएपनि विदाको अड्चनका कारण विचमा ढिलासुस्ती हुन गएको हो ।’

 
रातो प्लेटमा दर्ता भएका निजी ईरिक्साबाट वार्षिक ३ सय रुपैया मात्र सरकारलाई प्राप्त हुने गरेको छ । उनीहरुले विमा र कर खासै तिर्नु पर्दैन । विना दर्ता पूर्ण रुपमा लाभ लिएर ईरिक्सा सडकमा यात्री ढुवानी गर्ने काम गर्दै आएको हो । वार्षिक करिब ८ हजार ८ सय रुपैया दर्ता र नवीकरण दस्तूर, विमा, कर सहितको कुल १६ हजार रुपैया“ तिर्नु पर्ने भएकोले ईरिक्सा धनीहरु प्रक्रियाबाट भाग्दै आएका हुन् ।

 

 

जिल्लामा यातायात ब्यवस्था र सवारी साधनको वैधानिक चेकजाँच गर्दै आएको ट्राफिक प्रहरी संग बाँकेमा रहेका अवैधानिक ईरिक्साको यकिन तथ्याँक छैन । अनुमानको आधारमा कारवाही चलाउँदै आएको ट्राफिक प्रहरीले गाबिसमा दर्ता भएका ईरिक्साको अभिलेख संकलनको काम अघि बढाएको छ ।

 
‘यातायात कार्यालयमा दर्ता भएपछि मात्रै यसको यकिन तथ्य भन्न सकिन्छ’, दैनिक नेपालगन्ज संग ट्राफिक थापाले भने, ‘कतिपय ईरिक्साहरु गाबिसमा दर्ता भएको वा दर्ता नै नभई संचालनमा रहेका कारण चुनाती रहेको छ ।’
चार वर्ष देखि सडकमा अवैधानिक रुपमा चल्दै आएका ईरिक्सालाई कारवाही भएपनि प्रहरीले देखाएको सक्रियता अनुसार दर्ता प्रक्रिया अघि बढेन ।

प्रतिक्रिया

प्रतिक्रिया