‘बागेश्वरी मन्दिर पस्दा हाट बजार छिरेजस्तो’

लायन्सद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

 

विश्वकै सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनलले प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको विकासमा रुचि देखाएको छ । बाकेको गाभर भ्यालीलाई ‘गन्तव्य’ का रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेलेको लायन्सले बागेश्वरीको विकासमा रुचि देखाएको हो ।

 

 

लायन्सका डिष्ट्रिक ३२५ बी २ का कमाण्डर मधुसुदन शर्मा रिजालले त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकास“ग साझेदारी गर्न आफुहरु तयार रहेको बताए । ‘प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर प्रवेश गर्दा हाट बजार छिरे जस्तो हुन्छ’, डिष्ट्रिक गभर्नर रिजालले शनिबार आफ्नै निवासमा आयोजित एउटा भव्य कार्यक्रममा प्रस्ताव गर्दै भने, ‘आउनुहोस् तपाई हामी सबै मिलेर बागेश्वरी प्रतिको आस्था, शक्ति र गरिमा अनुसारको भौतिक पूर्वाधारमा हातेमालो गरौं ।’ रिजालले उक्त प्रस्ताव गरिरहदा नेपालगन्ज उपमहा–नगरपालिका उपप्रमुख उमा थापा मगरले ध्यानपूर्वक सुन्दै थिइन् ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ को पहिलो पटक नेतृत्वमा पुगेका तत्कालीन गभर्नर सेम शाक्यले ‘गन्तव्य गाभर’ परियोजना मार्फत बैजनाथ गाउपालिका अन्तर्गतको गाभर भ्यालीमा विभिन्न भौतिक पूर्वाधारहरुको विकास गरेका थिए । नेपालगन्जबाट नै डिष्ट्रिक गभर्नर हुने अवसर पाएका रिजालले ग्रिन नेपालगन्ज अवधारणा प्रस्ताव गरेपछि तत्कालीन कर्मचारी प्रशासनले सकारात्मक रुपमा सहयोग गरेन । रिजालले लायन्स क्लबहरु मार्फत सुर्खेतरोडलाई ग्रिनरी बनाउने प्रस्ताव अघि सारेका थिए ।
शनिबार विभिन्न पर्वहरुको संयुक्त अवसर पारेर डिष्ट्रिक गभर्नर रिजालले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका हुन् । सांसददेखि स्थानीय तहको प्रमुखहरु, राजनीतिक दलदेखि व्यवसायिक क्षेत्रका अगुवाहरु समेतको सहभागितामा भएको कार्यक्रम बीच रिजालले लायन्सका विभिन्न गतिविधिहरु बारे प्रकाश पारे । ‘हाम्रा पुर्खाहरुले मुठ्ठीदानबाट दिनहीनहरुको सहयोगमा योगदान पुर्याउ“थे’, डिष्ट्रिक गभर्नर रिजालले सामाजिक कार्यका लागि प्रेरित हुन आव्हान गर्दै भने, ‘लायन्स मार्फत हामीहरु व्यवसायिक क्षेत्रमा कमाएको पैसाबाट बचाएर सामाजिक कार्य गर्दै आएका छन् ।’ उनले सामाजिक दायित्व बोध गराउने उद्देश्यले त्यसखालको कार्यक्रम आयोजना गरेको जानकारी दिंदै बर्षेनी यसखालको कार्यक्रम आफ्नै खर्चमा आयोजना गर्ने प्रतिबद्धता पनि जनाए ।

 

 

लायन्स क्लबको शतबार्षिकी सगै डिष्ट्रिक गभर्नरको जिम्मेवारी सम्हाल्न पुगेका रिजालले बाके, बर्दियामा पछिल्ला दिनमा बाढीले पारेको प्रभावबाट पीडितहरुलाई लाखांैको सहयोग जुटाएको सुनाए । ‘समाज परिवर्तनका लागि सकारात्मक योगदान दिन प्रतिबद्धता भए पुग्छ’, रिजालले आफ्नो नेतृत्वमा डिष्ट्रिक ३२५ बी २ ले ‘एक लायन एक रुपैया“ एक दिन’ परियोजना सुरु गरेको जानकारी दिंदै भने, ‘आउनुहोस् सामाजिक योगदानका लागि दैनिक एक रुपैया“ योगदान गरौं ।’ रिजालको प्रस्ताव कार्यान्वयनमा आइसकेको छ ।

 

 

‘दश लाख रुपैया जम्मा भैसकेको छ’, डिष्ट्रिक गभर्नर रिजालले जिल्लाका प्रशासक देखि पत्रकारसम्म सम्मिलित कार्यक्रममा आफ्नो परियोजना सुनाउ“दै भने, ‘हाम्रै डिष्ट्रिकका सदस्यहरु मात्रैले प्रस्तावमा सहमत भैदिए भने २९ लाख रुपैया“ बार्षिक मानवीय सेवाका लागि जुट्छ ।’ रिजालले आपतकालीन कोष स्थापना गरिएको जानकारी दिंदै भने, ‘मानवीय सेवामा परिआउ“दा उक्त कोष तत्काल परिचालित हुनेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया