नेपालगन्ज, २० असोज । राष्ट्रिय जनता पार्टी नेपाल बाँकेले प्रतिनिधी सभा क्षेत्र १, २, ३ उम्मेदवारहरुको नाम छनौट गरि केन्द्रिय कमिटीमा पठाएको छ । बुधवार देखि सुरु भएको बैठक शुक्रवार सम्म संचालनमा रहेको जिल्ला कार्य समिति र अध्यक्ष माडण्ल बैठकले शुक्रवार अन्तिम रुप लिएको छ ।
क्षेत्र नम्बर १ बाट अरुण तिवारी क्षेत्र नम्बर २ मा बरिष्ठ अधिवक्ता तथा राजपा केन्द्रीय उपाध्यक्ष विजय गुप्ता, क्षेत्र नम्बर ३ हलिम खाँ नाम सर्वसम्मत सिफारिस गरेको छ ।
यसैगरी प्रदेशसभाका लागि क्षेत्र नम्बर १ (क)बाट राम कुमार दिक्षित क्षेत्र नम्बर १ (ख)बाट सरिता सापकोट क्षेत्र नम्बर २ (क)बाट फिरोज हल्लवाई र क्षेत्र नम्बर २ (ख) बाट पत्रकार आशिष गुप्ता क्षेत्र नम्बर ३ (क)बाट राजेश बर्मा र)राम सगार भाट क्षेत्र नम्बर ३ (ख)सुकैय चमारको नाम सर्वसम्मत सिफारिस भएको छ ।