एमालेमा चरम गुटबन्दी, निर्वाचित सांसद नै रिङआउट

माओवादी केन्द्रसग तालमेल गरेर आसन्न निर्वाचनको योजनामा रहेको नेकपा एमालेमा चरम गुटबन्दी देखिएको छ ।
एमाले बाकेमा उम्मेदवार छनोट प्रक्रियालाई लिएर उत्पन्न गुटबन्दी सतहमै देखिएको हो । प्रदेश सभाका लागि उम्मेदवार छनोटमा अधिकांस मतदान प्रक्रियाबाट टुंगो लगाएको एमालेले प्रतिनिधिसभाका लागि भने सर्वसम्मत प्रयासलाई जोड दिएको छ । यद्यपि, प्रत्यक्षबाट निर्वाचनमा उम्मेदवार हुन इच्छुक बहालवाला सांसदलाई नै ‘रिङ्ग आउट’ गरिएको छ ।


यसअघि चार वटा निर्वाचन क्षेत्र रहेको बा“केमा क्षेत्र नं. ३ बाहेक सबै क्षेत्र एमालेले जितेको थियो । राज्य पुनर्संरचनाका क्रममा प्रतिनिधिसभाका लागि तीन वटा मात्रै क्षेत्र बनाइएको बाकेमा एमालेबाट सिफारिसमा पर्ने सूचिमा बहालवाला कुनै पनि सांसद परेनन् ।


तत्कालीन क्षेत्र नं. २ का सांसद दिनेश चन्द्र यादवले प्रत्यक्षबाट निर्वाचनमा नजाने घोषणा गरिसकेका छन् । तर, आफ्नो क्षेत्रमा निजी सचिव सोहनलाल यादवलाई प्रदेश सभाबाट उम्मेदवार सिफारिस गराउन सफल भएका यादव क्षेत्र नं. २ मा भने इच्छा अनुसार परिणाम दिन सकेनन् । अर्का सांसद देवराज भार आसन्न निर्वाचनमा प्रत्यक्ष उम्मेदवारीका लागि अन्तिम समयसम्म प्रयत्नरत् रहे । ‘उहाले निर्वाचनमा जाने मनस्थिति नबनाएपछि सर्वसम्मत उम्मेदवारी चयन सफल भयो’, एमाले बाकेका अध्यक्ष अशोक कोइरालाले दैनिक नेपालगन्जसग भने । क्षेत्र नं. १ बाट अध्यक्ष कोइराला सहित सुर्य ढकाल र भारती खनालको नाम सर्वसम्मत सिफारिस गरिएको छ । भारका लागि कोइराला र ढकाल दुवै हात नझिकेपछि अन्तिम अवस्थामा मतदानमा जाने मनस्थितिमा भार पछाडी सरेको बताइएको छ ।

 
भार पछाडी सरेर सर्वसम्मतको वातावरण बनाएपछि अन्य दाबेदार बलराम भट्टराई र आइपी आले पनि पछाडी सरेको निर्वाचन समितिले जनाएको छ । ‘मतदानमा गएको भए परिणाम जे पनि हुनसक्थ्यो’, उनी निकट एक नेता भन्छन्, ‘तर, भारजीले माओवादी सगको तालमेलमा क्षेत्र नं. १ गुम्न सक्ने सम्भावनालाई मध्यनजर पनि ब्याक भएको हुन
सक्छ ।’ समानुपातिकबाट यादवले दाबी गरिसकेको क्षेत्र नं. १ मा अब अर्का दाबेदार भार थपिएका छन् ।

 
क्षेत्र नं. ३ मा पनि बहालवाला सांसद बहालवाला सांसद दल बहादुर सुनारलाई ‘रिङ्गआउट’ गरिएको छ । ‘मतदान प्रक्रियाबाट सुनारले भन्दा बढी मत ल्याउने नन्दलाल रोकाय र कमल बस्नेतको नाम सिफारिस भएको छ’, निर्वाचन समितिका सदस्य डिल्ली बिसीले दैनिक नेपालगन्जस“ग भने । उनका अनुसार, एमाले बाकेका निवर्तमान अध्यक्ष रोकायले सर्वाधिक ३५ मत प्राप्त गरे भने बस्नेतले २९ मत पाएका थिए । सुनारले २४ र अर्का दाबेदार भद्र प्रसाद देवकोटाले १९ मत प्राप्त गरे । क्षेत्र नं. ३ मा पनि सुनारले प्रत्यक्ष निर्वाचनमा दाबेदारका रुपमा आफुलाई अघि सारेपछि सर्वसम्मतका प्रयासहरु गरिएका थिए । महिलाबाट भने एकता शाहको नाम मात्र मनोनयनमा परेपछि सर्वसम्मत सिफारिस गरिएको छ ।

 
पार्टी स्रोतका अनुसार, गुटबन्दीको नाङ्गो अनुहार क्षेत्र नं. ३ मा देखिएको छ । ‘प्रदेश सभाका लागि उम्मेदवार छान्दा निषेधको नीति लिने सुनार नेतृत्वलाई प्रतिनिधिसभामा जवाफ फर्काइएको हो’, फरक गुटका नेता यसो भनेर गुटबन्दीको अवस्था चित्रण गर्छन् । तर, बिसी भने उक्त कुरा अस्वीकार गर्दै भन्छन्, ‘स्वभाविक प्रजातान्त्रिक प्रक्रियाबाट जाने कुरालाई गुटबन्दी भनेर भनिहाल्नु हुदैन कि !’

 
एमाले अध्यक्ष अशोक कोइरालाले पनि सिफारिस प्रक्रियाका क्रममा भएको गुटबन्दीलाई ‘प्रक्रियागत संघर्ष’ भनेका छन् । ‘गुटबन्दी भन्दा पनि आफ्नो योगदान र संघर्षका आधारमा अगाडी बढ्ने कुरा हो’, कोइरालाको पार्टी केन्द्रले सिफारिस गर्ने कुराको टुंगो लगाएपछि सबै नेता, कार्यकर्ता एक ढिक्का भएर निर्वाचन जिताउन केन्द्रित हुने जनाउ दिंदै भने ।

 
बाके क्षेत्र नं. २ मा भने एमालेलाई हाइसन्चो भएको छ । पार्टी केन्द्रले केही दिनअघि गरेको सहमति अनुसार नै बिहीबार पशुपति दयाल मिश्रको नाम सर्वसम्मत सिफारिस गरिएको छ । राजपाबाट विद्रोह गरेर ‘स्वतन्त्र समूह’ गठन गरेका मिश्र एमालेको चुनाव चिन्ह सुर्य लिएर निर्वाचनमा जा“दैछन् । ‘मिश्रजीको हकमा कुनै पनि कन्फ्युजन रहेन’, एमाले बा“केका अध्यक्ष कोइरालाले सर्वसम्मत रुपमा नाम सिफारिस गरिएको जानकारी दिंदै भने, ‘उनको जितमै एमाले र मधेसी जनताको हित छ ।’ मिश्रले पनि एमालेबाट आफ्नो नाम सर्वसम्मत सिफारिस भएकोमा खुशी व्यक्त गर्दै आफु निर्वाचनमा होमिइसकेको बताए । ‘जनताका लागि काम गर्न निर्वाचनमा जित हासिल जरुरी छ’, मिश्रले दैनिक नेपालगन्जस“ग भने, ‘त्यसका लागि सुर्य चिन्ह लिएर निर्वाचनमा जाने निर्णयमा पुगेका हौं ।’

प्रतिक्रिया

प्रतिक्रिया