एमाले बाके : प्रदेशका लागि उम्मेदवार सिफारिस, आज प्रतिनिधिसभाका लागि छान्दै

नेकपा एमाले बाकेले प्रदेश निर्वाचनका लागि उम्मेदवारहरुको सिफारिस गरेको छ । पार्टीले क्षेत्रीय निर्वाचन संयन्त्र मार्फत बुधबार एकसाथ बैठक राखेर उम्मेदवार सिफारिस टुंगो लगाएको हो । पार्टी स्रोतका अनुसार, अधिकांस ठाउ“मा सर्वसम्मत हुन नसकेपछि मतदानबाट नाम टुंगो लगाइएको छ ।

 
‘हामीले उम्मेदवारको टुंगो सर्वसम्मत ढंगले लगाएका छौं’, प्रदेश सभाको उम्मेदवार टुंगो लगाएपछि एमालेका युवा नेता रविन्द्र लम्सालले भने, ‘क्षेत्र नं. २ ख बाट प्रदेशका लागि विजय गुप्ता, दत्त आचार्य र भुमा पाण्डेको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरिएको छ ।’

 
क्षेत्र नं. २ क मा सर्वसम्मतको प्रयास अन्तिममा तुहिएको थियो । अन्ततः भएको मतदान प्रक्रियाबाट निरक गुरुङ्ग र डम्मर थापा चुनिएका छन् । महिलाबाट शान्ति ढकाल सर्वसम्मत चुनिएकी छन् । प्रदेश सभा निर्वाचन समन्वय समितिले क्षेत्र नं. १ क बाट बजारु चौधरी, सोहनलाल यादव र लक्ष्मी चौधरीको नाम सिफारिस गरेको एमाले बा“केका अध्यक्ष अशोक कोइरालाले जानकारी दिए । ख बाट प्रेम भुषाल, खिल प्रसाद भुषाल र आरती पौडेलको नाम सिफारिस गरिएको छ ।

 
त्यस्तै, क्षेत्र नं. ३ क बाट प्रदेश सभाका लागि रत्न खत्री, दिपक जिएम र भगवती शाह तथा ख बाट बाबुराम गौतम, पदम धिताल र जन्नतुल शेषको नाम सिफारिस गरिएको एमाले अध्यक्ष कोइरालाले जानकारी दिए ।
‘क्षेत्रबाट प्राप्त नामहरुमा सामान्य छलफल र विधि, प्रक्रिया तथा मापदण्ड भित्र परे नपरेको हेरिनेछ’, कोइरालाले
दैनिक नेपालगन्जसग भने, ‘सामान्यतया प्रक्रिया पुगेका सिफारिसहरुलाई हुबहु प्रदेश कमिटिमा पठाइनेछ ।’

 
क्षेत्र नं. ३ ख मा जन्नतुल सर्वसम्मत भएपछि गौतम र धिताल मतदान प्रक्रियाबाट चुनिएका हुन् । गौतमले ८ र धितालले ७ मत प्राप्त गरेका थिए भने मैदानमा उत्रिएका होमनाथ सापकोटा र मो. शेर बागवानले ३÷३ मत प्राप्त गरे । अर्का उम्मेदवार बलराम अर्यालले १ मत मात्र प्राप्त गरेको बताइएको छ । क बाट भने रत्न खत्री र दिपक जिएमले ५–५ मत प्राप्त गर्दै सिफारिसमा परे भने घननाथ खनाल र टंकरनाथ योगीले ३÷३ मत प्राप्त गरे । त्यहा“ पनि महिला उम्मेदवार शाह निर्विरोध चुनिएकी हुन् ।

 
क्षेत्र नं. २ क मा निरक गुरुङ्गको सर्वसम्मत प्रस्ताव गरिएपनि अन्तिम समयसम्म राजेन्द्र मिश्रले हात नझिकेपछि मतदान प्रक्रियामा जानु परेको थियो । मतदानबाट मिश्र र डेकनाथ गौतम सफल हुन सकेनन् भने गुरुङ्गसग डम्मर थापा १२ र ८ मत ल्याइ सिफारिसमा परे । शान्ति ढकाल भने सर्वसम्मत सिफारिसमा परिन् । क्षेत्र नं. १ को क मा पनि महिला उम्मेदवार लक्ष्मी चौधरी सर्वसम्मत सिफारिसमा परिन् । त्यहा“ बजारु थारुले ७ र सोहनलाल यादवले ६ मत ल्याएर सिफारिसमा पर्दा पदम ओली, तिर्थ डागी र भरत बुढाथोकी बाहिरिनु परेको छ ।

 

 

ख मा पनि तिव्र प्रतिस्पर्धाबाट उम्मेदवारहरु सिफारिसमा परेका छन् । मतदानबाट खिलप्रसाद भुसाल, प्रेम भुुसाल र आरती पौडेलको नाम सिफारिस गरिएको हो । खिलप्रसादले ६ मत, प्रेमले ४ मत र आरतीले ४ मत प्राप्त गर्दा बसन्ती अधिकारीले ३, अब्दुल हुसेन खाँले ३ र गोपाल गिरीले १ मत प्राप्त गरेको बताइएको छ ।
६ वटा निर्वाचन क्षेत्र रहेको प्रदेश सभाका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट एमालेले ३/३ जनाको नाम प्रदेश कमिटिमा सिफारिस गरेको छ । प्रदेश कमिटिको सुझाव सहित सिफारिसबाट पार्टी स्थायी कमिटिले एक÷एक जना उम्मेदवारको टुंगो लगाउने छ ।

प्रतिक्रिया

प्रतिक्रिया