थारु समुदायमा दशै यसरी मनाइयो (फोटो फिचर)

राम कुमार चौधरी
सस्कृतिक रुपमा धनी थारु समुदायमा दशै मनाउने तरिका पृथक छ । बांके, बर्दिया, दाङ कैलाली, कञ्चनपुरमा बस्ने आदिवासी जनजाति थारु समुदायमा दशै फरक तरिकाले मनाउने गरिन्छ ।
दशै सुरु हुनु भन्दा अगाडि कृष्ण जन्म अष्टम्मी देखि दशै सम्म विभिन्न थारु नाचले गाउँ गुञ्जिने गर्दछ । बिशेष गरि सखिया, हुरडङवा, छोक्रा जस्ता नाच नाचिने गरिन्छ ।
अष्टमीका दिन कुल देउतालाइ धिक्री (चामलको पिठोको परिकार) पुज्ने गरिन्छ, जस्लाइ थारुमा धिक्रहवा भनिन्छ । धिक्रहवाको दिन पुर्खाहरुलाई सम्झिने गरिन्छ । पुर्खाहरु धिक्री खाना आउछन भन्ने बिस्वासका साथ धिक्री पुज्ने गरेको बताउँछ थारु अगुवाहरुले । धिक्रीको साथमा छकी(रक्सी) देउतालाइ चढाउने गरिन्छ । नयाँ नयाँ लुगा लगाएर केटाकेटी, महिला, पुरुष घर घरमा गएर धिक्रीका साथमा जाड, रक्सी खने चलन छ ।
महिला, पुरुष आफ्नै भेषभुषामा सजिएर गाउको मुखिया( बडघर ) को घरमा रातभारी नाच्ने गरिन्छ । नाचमा पुरुषले महिलाको बस्त्र लागाएर नृत्य प्रस्तुत गर्छन । नाचमा दुई पक्ष भएर नाच्ने गरिन्छ । मदल बजाउने बक्तिलाई मृदंग्या भनिन्छ भने गीत गाउने मुख्य ब्यक्तिलाई मोरया भनिन्छ । नाच्ने ब्यक्तिले मदिरा पिउदै नाचगान गर्ने गर्छन ।
धिक्रहवाको भोलिपल्टको दिनलाइ पित्तरवा भनिन्छ । पृतको सम्झनामा पित्तरवा पुज्ने गरिन्छ । गाउँभरिका महिला पुरुष नाचगान सहित नजिकैको खोलामा जाने गर्छन । पृतको पुजा गरिसकेपछी महिला पुरुष सामुहिक रुपमा मदिरा मासु र विभिन्न परिकार खएर नाचगान गर्ने गर्छन ।
टिकाको दिन आफुभन्दा ठुलावाट टीका लागाउने चलन छ । नाचगान सहित गाउँको अगुवा बडघर, गुरुवाबाट टीका लागाउने गरिन्छ । घर घरमा गएरा नाचगान गर्ने गरिन्छ ।
पछिल्लो समयमा आफ्नो पुर्खौली नाच भन्दा डिस्को नाचमा नयाँ पुस्ताले रमाउने गरेकाछन ।ेनयाँ पुस्ताले अरुको संस्कृति अनुसरण गर्न लागेकोले आफ्नो संस्कृति बिस्तारै हराइरहेको थारु अग्रजहरुको भनाइ रहेको छ । पहिले देखि चलिआएको सांस्कृती बचाइराख्नको लागि नयाँ पुस्ताले नै जागरुक हुन जरुरी रहेको अग्रजको भनाइ छ ।
हुरदङवा नाचमा महिलको वस्त्रमा नृत्य प्रस्तुत गर्दै एक युवा साथमा मादल बजाउदै मृदंग्या ।

परिकार खादै युवतीहरु
कुल देउतालाइ भाले पुज्दै ।
थारु पहिरानमा सजिएका युवतीहरु ।

प्रतिक्रिया

प्रतिक्रिया