हानले मनायो पर्यटन दिवस

पहिलो पटक नेपालगन्जमा विश्व पर्यटन दिवस भव्य रुपले मनाइएको छ ।


होटल एशोसिएसन नेपाल प्रदेश नं. ५ ले बुधबार विहानैदेखि साझसम्म विभिन्न कार्यक्रम गरी ३८औं विश्व पर्यटन दिवस मनाएको हो । ‘विहान सञ्चार राज्यमन्त्री तप्त विष्ट र अमेरिकी पर्यटक जोन ह्याण्डलीलाई नेपालगन्ज विमानस्थलमा स्वागत गरियो’, हानका प्रदेश महासचिव सरोज कुमार चन्दले दैनिक नेपालगन्जस“ग भने, ‘दिउ“सो र्याली र सा“झ दिप प्रज्वलन गरी पर्यटन दिवस मनाइएको छ ।’


हानका प्रदेश अध्यक्ष आशित समशेर राणाले सञ्चार राज्यमन्त्री विष्टलाई पहिलो यात्रुका रुपमा नेपालगन्जमा स्वागत गरेका हुन् । त्यस्तै, विदेशी पर्यटकका रुपमा अमेरिकी नागरिकलाई स्वागत गरिएको महासचिव चन्दले जानकारी दिए ।
स्थापनाका निकै बर्षपछि नेपालगन्जमा प्रदेश स्तरीय भेला गरी शाखा बिस्तार गरेको हानमा भैरहवादेखि बर्दियासम्मका १३ वटा स्टार स्तरीय होटल संगठित छन् ।

 
पर्यटनको दिगो विकासका लागि विश्व पर्यटन दिवसलाई भव्य रुपले मनाइएको महासचिव चन्दले जानकारी दिए । र्यालीमा हानका पदाधिकारीदेखि स्नेह, बाटिका, कल्पतरु, सिद्धार्थ, सिग्नेट, ग्यालेक्सी दरबार, सिटि प्यालेस लगायत होटलका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

प्रतिक्रिया