कारकादो स्थित बागेश्वरी ट्रेड इन्टरनेशनल फ्रान्सेली कम्पनीको रेनोल्ट ब्राण्डका तीन वटा मोडेलका कारको बिक्री शुभारम्भ गरेको छ ।

 

क्वीड, डष्टर र लजी मोडेलका कारको बिहीबार एक कार्यक्रम बीच नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल समशेर राणाले बिक्री शुभारम्भ गरेको बागेश्वरी ट्रेड इन्टरनेशनलका सञ्चालक सुनिल सिंघलले जानकारी दिए ।
कार्यक्रममा सञ्चालक सिंघलले रेनोल्ट ब्राण्डका कारको मूल्य १९ लाख देखि ५५ लाख सम्म रहेको जानकारी दिए । उनले २५ किमि माइलेज रहेको क्वीड, डष्टर र लजीमा कम मूल्यमा धेरै विशेषताहरु रहेको जानकारी दिए । उनले क्वीड र डष्टर ५ सिटर र लजी ८ सिटर रहेको जानकारी दिए । ‘आरामदायी र सुरक्षित यात्राका लागि रेनोल्ट ब्राण्डका कार उत्कृष्ट छ’, सञ्चालक सिंघलले भने । सुरक्षाका धेरै विशेषता रहेको उक्त कारहरुमा एयर व्याग समेत रहेको उनले बताए ।
सञ्चालक सिंघलले पर्वका अवसरमा कार खरिद कर्ताले ५० हजार देखि ३ लाखसम्मको स्क्रायाच कुपन, १ बर्ष सम्म फ्युल, रोड ट्याक्स फ्रि, फाइनान्सको सुविधा प्राप्त गर्न सक्ने जानकारी दिए । उनले सर्भिस र पार्टस्को पनि शो रुममा नै उपलब्ध रहेको बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया