‘राजनीतिक दलबाट व्यवसायी क्षेत्रको उपेक्षा’

राजनीतिक दलहरुले व्यवसायिक क्षेत्रका समस्याहरुलाई उपेक्षा गर्ने गरेको गुनासो उद्योगी, व्यवसायीहरुले गरेका छन् ।
मंगलबार नेपाल राष्ट्रिय वाणिज्य संघ बाकेले आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा वक्ताहरुले राजनीतिक क्षेत्रले कहिले पनि आफ्ना व्यवसायिक समस्यालाई गम्भीरतापूर्वक नलिएको गुनासो व्यवसायीहरुको थियो ।

 
‘सधै हामीहरु पार्टीका लागि आवश्यकता पर्दा खोजी गर्ने लिष्टमा मात्र पर्यौ’, नेपाल उद्योग वाणिज्य व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष डेकनाथ गौतमले भने । उनले पछिल्ला दिनमा दलहरुमा व्यवसायिक क्षेत्रको प्रतिनिधित्व हुदै जादा क्रमशःसवालहरुप्रति राजनीतिक नेतृत्व संवेदनशील हुन थालेको टिप्पणी गरे । ‘उद्योग, व्यवसाय क्षेत्रको विकासका लागि दलहरु गम्भीर बनिदिए भने देशको अवस्थामा छिट्टै सुधार आउ“छ’, महासंघका ५ नं. प्रदेश इन्चार्ज समेत रहेका गौतमले भने ।

 

 

सांसद देवराज भार, एमाले बाकेका अध्यक्ष अशोक कोइराला, घटक मोर्चा संयोजक अब्दुल हुसेन खा“ लगायतका नेताहरुले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै आर्थिक समृद्धिको राजनीतिमा जोड दिए ।
नेपाल राष्ट्रिय वाणिज्य संघ बा“केका अध्यक्ष भाष्कर काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा आउ“दो दशैं,
तिहार, छठ, महोर्रम, नेपाल सम्वत लगायतका चाडपर्वहरुले नेपाली बीचको विविधता र आपसी एकताको सन्देश प्रवाह गरेको औंल्याए ।

 
कार्यक्रममा चाडपर्वको सामूहिक शुभकामना स“गै संघबाट विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्दै निर्वाचित हुनेहरुलाई सम्मान गरिएको थियो । संघका अध्यक्ष भाष्कर काफ्ले, प्रमुख अतिथि डेकनाथ गौतम, विशिष्ट अतिथि देवराज भार लगायतले कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्मा, महासचिव तेज प्रसाद अधिकारी लगायतका नवनिर्वाचितहरुलाई सम्मान गरे ।

 
त्यस्तै, तयारी पोशाक तथा जुत्ता चप्पल व्यवसायी संघ नेपालगन्जका अध्यक्ष भीमरानाभाट, होटल व्यवसायी संघ कोहलपुरका नवनिर्वाचित अध्यक्ष बलराम भट्टराई, प्रज्वल श्रेष्ठ लगायतलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, कोहलपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नरेन्द्र शर्मा, नेपालगन्ज उद्योग वाणिज्य संघका सदस्य नारायण ज्ञवाली लगायतले व्यवसायिक क्षेत्रका समस्या र संघका भूमिकाहरु बारे धारणा राखेका थिए ।

 
नेपाल राष्ट्रिय वाणिज्य संघका सचिव मुकुट ढकालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष उषा थापा भण्डारीले धन्यवाद ज्ञापन गरेको प्रवक्ता भीम सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया