बाढी पिडितलाई आरआरएनले बाड्यो राहात सामाग्री

नेपालगन्ज असोज ४ । बाढीका कारण घर भत्किए पछि आफन्तको घर तथा गाउ नजिकैको जंगलमा कष्टपुर्ण अबस्थामा बस्दै आएका बाकेको राप्ती सोनारीका फत्तेपुर र बिनौनाका ४ सय २५ परिबारलाई नेपाल ग्रामिण पुननिर्माण संस्थाले करिब ४० लाख बराबरको गैह् खाद्य सामाग्रीहरु बितरण गरेको छ ।

 
राप्ती नदीको बाढीले घर भत्कनुका साथै घरमा रहेका खाद्यान्न तथा घरायसी प्रयोजनका समाग्रीहरु क्षतिग्रस्त हुदा बिस्थापित भई कष्टपुर्ण अबस्थामा बस्दै आएका परिबारलाई ग्लोबल मेडिक र मुस्लिम एडको सहयोगमा त्रिपाल, झुल, कम्बल , साबुन, खाना पकाउने भाडाहरु सहित का सामाग्रीहरु बितरण गरेको हो । राहात बाड्न ग्लोबल मेडिकका केल्ली र मुस्लिम एडका सारह फत्तेपुर मै पुगेका थिए ।

 
जिल्ला दैबि प्रकोप उद्धार समितिसंग समन्बय गरेर बाके जिल्लामा रहेका गैह् सरकारी संघ संस्थाहरुले बाढी तथा डुबान पिडित परिबारलाई राहात सामाग्री उपलब्ध गराउने क्रममा राप्ती सोनारीका फत्तेपुर र बिनौनाका ४ सय २५ परिबारलाई गैह् खाद्य सामाग्रीहरु बितरण गरिएको आर आर एनका क्षेत्रिय संयोजक बिकास चौधरीले बताए ।

 
बाढीले बस्ने घर , घरमा भन्डारण गरेको खाद्यान्न लगायत घरायसी प्रयोजनका सामाग्रीहरुमा क्षति पुराई दिए पछि राप्ती सोनारी गाउ पालिका अन्र्तगतका बिभिन्न गाउका करिब ६ सय ५० परिबार बिस्थ्ाँपित भई जंगलको किनारामा टहरा बनाएर बस्दै आएका छन ।

 
राहात सामाग्री स्बरुप उपलब्ध गराइएको स्बरुप झुल कम्बल र त्रिपाल जस्ता सामाग्रीले बाढी प्रभाबितहरुको जीबन केहि सहज हुने राप्ती सोनारी गाउ पालिकाका प्रमुख लाहुराम थारुले बताए । राहात समाग्री संग उपलब्ध गराइएको झुलले लामखुटटे सर्प लगायतका किराहरुबाट बच्न सहयोग पुग्ने बाढी प्रभाबित आशा चौधरीले बताइन । यो बर्ष आएको बाढीबाट बाकेमा १ हजार ३ सय घर पुर्ण रुपमा क्षति ग्रस्त हुदा ६ हजार १ सय १६ जना बिस्थापित भई बस्ती नजिकको जंगलमा बस्दै आएका छन ।

प्रतिक्रिया

प्रतिक्रिया