नगरका छाडा पशु, चौपाया नियन्त्रण गर्न अनेरास्ववियुको माग

अनेरास्ववियुले सडकमा छाडिएका पशुका कारण दुर्घटनाका घटना भैरहेको भन्दै नियन्त्रण गर्न आग्रह गरेको छ ।

 
अनुरास्ववियुका केन्द्रीय सदस्य सुर्य रोकाय, बागेश्वरी बहुमुखी क्याम्पस सभापति दिनेश केसी, उपसभापति हेमन्त भट्टराई, क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष सुमन घिमिरेले प्रेस विज्ञप्ति मार्फत छाडा पशु चौपाया नियन्त्रण गर्न माग गरेका हुन् ।

 
उनीहरु प्रेस विज्ञप्तिको बोधार्थ कोहलपुर नगरपालिका, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय कोहलपुरलाई दिंदै पाँच दिनभित्र पशु चौपाया व्यवस्थित गर्न जोडदार माग गरेका हुन् । उनीहरु निर्धारित समयमा पनि माग पूरा नगरिए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया