नेपालगन्ज विमानस्थलको सुरक्षा बढाइयो

बदलियो सुरक्षा रणनीति
‘सेक्युरिटी थ्रेट’ बढेको भन्दै नेपालगन्ज बिमानस्थलको सुरक्षा रणनीति परिवर्तन गरिएको छ ।
शनिबार नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज र संघीय प्रहरी इकाइ कार्यालय नेपालगन्जले संयुक्त पत्रकार सम्मेलन गरी विमानस्थलको सुरक्षा रणनीति परिवर्तन गरिएको जानकारी दिएका हुन् ।

 

‘खासगरी राजनीतिक दलका नेता र कार्यकर्ताहरुको निर्वाध आवागमनको चापले विमानस्थलको सुरक्षा चुनौति बढायो’, एसएसपी महेश विक्रम शाहले दैनिक नेपालगन्जसग भने, ‘आइतबारदेखि नेपालगन्ज विमानस्थलको सुरक्षा व्यवस्था पुरै परिवर्तन हुन्छ ।’ यसका लागि जिल्लाका राष्ट्रिय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसग पूर्व परामर्श गरी सुरक्षा अवस्था र नया गर्न लागिएको व्यवस्था बारे छलफल भएको थियो ।

 

नया व्यवस्था अनुसार, भीभीआइपीको आगमन हुदा विमानस्थलमा स्वागतका लागि बढीमा १० जना सरोकारवालालाई पासको व्यवस्था गरिनेछ । ‘राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख आउदा मात्रै होइन मन्त्रीको स्वागतमा पनि सीमित र सरोकारवालालाई मात्रै प्रवेश व्यवस्था मिलाइएको छ’, एसएसपी शाहले भने । मन्त्रीको स्वागतमा सम्बन्धित दलका पाच जना नेता दुई जना विभागीय कार्यालयका कर्मचारी र कुनै औपचारिक कार्यक्रमका लागि भए एकजना आयोजक मात्र विमानस्थल प्रवेश पाउनेछन् । ‘बा“कीले विमानस्थलको मूलगेट बाहिर स्वागतका लागि पर्खन सक्नुहुनेछ’, एसएसपी शाहले भने ।
नयाँ सुरक्षा रणनिति अनुसार, नेपालगन्ज बिमानस्थलको बाहीरी गेटबाटै कडा चेकजाँच हुनेछ । पत्रकारहरुसग कुरा गर्दै प्राधिकरणका निर्देशक प्रताप बाबु तिवारीले विमानस्थलका चाप ह्वात्तै बढेकाले सुरक्षा रणनीति फेर्नु परेको बताए । उनका अनुसार, नेपालगन्ज विमानस्थलमा गत बर्षको जुलाई महिनामा जम्मा २० हजार यात्रुले सेवा लिएकोमा यो बर्षको जुलाई महिनामा भने ५० हजार यात्रुले सेवा लिएका छन् । गतबर्षको तुलनामा उडान संख्या पनि दोब्बर भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया