सीमापारको आकर्षणले व्यवसायी मर्कामा

नेपालगन्जका सेवाग्राहीहरुका लागि सीमापारीको बजार अर्थात् रुपैडिहा सधै आकर्षकको केन्द्र रहेको छ । दैनिक उपभोग्य सामानदेखि बिक्री वितरणको उद्देश्यले करोडौंको मालसामान भारतबाट नेपालगन्ज भित्रिने गर्दछ । अझ पर्वका बेला त रुपैडिहा बजार नेपाली खरिदकर्ताहरुले खचाखच भरिएको हुन्छ । यहाका व्यवसायीले ग्राहकको प्रतिक्षा गर्दै बसिरहेको बेला रुपैडिहाका व्यवसायीलाई भने समान बेच्न भ्याइनभ्याइ हुन्छ । उपभोक्ता पनि भीडभड्क्का बीच किनमेल गर्न सीमापार नै केन्द्रित हुने गरेका छन् ।

 
‘नेपालगन्जमा भन्दा रुपैडिहामा मालसामान सस्तो पाइने भएकाले उतै जान्छौं’, घरायसी प्रयोजनका लागि रुपैडिहा पुगेकी बिन्दु खड्काले भनिन्, ‘दुई रुपैया भएपनि बचाउने कसलाई रहर हुदैन र ?’ नेपालगन्ज मात्र होइन आसपासका क्षेत्रका लागि पनि मालसामानका लागि रुपैडिहाकै मोह छ । नेपालगन्जका व्यवसायी भने नेपालीले आफ्नै देशमा वस्तु खरिद गर्नुपर्ने धारणा राख्छन् । उनीहरु विना भन्सार आउने सामानहरु रोक्न भन्सारले कडाई गर्नुपर्ने माग गर्देै आएका छन् । व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघ र कोहलपुर उद्योग वाणिज्य संघले समेत भन्सारमा कडाईका लागि आवाज उठाउने गरेका छन् । उनीहरु नेपालगन्जमै सेवाग्राहीलाई रोक्न आफुहरु प्रयासरत् रहेको बताउछन् ।

 
‘नेपालमै सस्तो पाइने सामानहरु समेत खरिद गर्न रुपैडिहा जाने गरिन्छ’, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले दैनिक नेपालगन्जसग भने, ‘भन्सार कडाई नै नेपाली व्यवसाय फष्टाउने प्रभावकारी उपाय हो ।’ त्यसका लागि सरोकारवालाहरु सग संघले छलफल समेत गर्ने गरेको अध्यक्ष अधिकारीको भनाइ थियो ।

 

 
‘घरायसी सामान मात्रै होइन अवैध कारोबार गर्नेहरुले नियमसंग व्यवसाय गर्ने व्यवसायीलाई धेरै समस्यामा पारेका छन्’, उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष अधिकारी भन्छन्, ‘चार÷पाच ठाउमा चेकपोष्ट हुदा पनि कसरी कोहलपुर सम्म भन्सार छलेर सामान ल्याइन्छ ?’ ‘राज्यलाई कर मात्रै तिरेका छैनौं’, सामाजिक उत्तरदायित्वमा समेत व्यवसायीहरु अग्रणी भूमिका रहने गरेको बताउदै अध्यक्ष अधिकारीले भने, ‘राज्यका नीति भन्सारमा कडाईका साथ लागु गर्नु आवश्यक छ ।’ उनले उपभोक्ता सचेतना पनि सीमापार आकर्षण कम गर्न महत्वपूर्ण रहेको बताउदै त्यसका लागि व्यवसायी, सरकार मिलेर अगाडी बढ्नु पर्ने धारणा राखे ।

 
नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी अवैध कारोबार नेपाली व्यवसायी धराशयी
हुदै गएको बताउछन् । ‘९० प्रतिशत सेवाग्राही रुपैडिहा नै पुग्छन्’, नेपालगन्ज किराना व्यवसायी संघका अध्यक्ष समेत रहेका मन्सुरीले विना भन्सार आयातको मार सबैभन्दा बढी किराना व्यवसायीलाई पर्ने गरेको बताउछन् । ‘हामीले बेच्ने अधिकांस सामान दैनिक जीवनमा प्रयोग हुने सामानहरु हुन्’, उनले भने, ‘सीमापारबाट विना भन्सार आउने सामानको ठूलो हिस्सा किरानासग सम्बन्धित नै हुने गर्दछन् ।’

 
‘राज्यलाई व्यवसायीले कर तिर्ने भएपछि तिनीहरुको संरक्षण पनि राज्यले गर्नुपर्छ’, मन्सारीले भने, ‘हामी कर तिर्ने व्यवसाय चाही रुपैडिहाको हुने ?’ ‘दैनिक क्यारिङ्ग र उपभोग्य सामान भन्दै करोडौंका सामान भित्रिने गरेका छन्’, यसले व्यवसायी धराशयी मात्रै नभई राज्यको समेत लाखौं रुपैया गुमिरहेको बताउदै उनले भने । व्यवसायी होस् वा उपभोक्ता राजश्व तिरेर मात्रै सामान सीमापारीबाट ल्याउनु पर्ने मन्सुरी बताउछन् ।

 
भन्सार सग पटकपटक अनुरोध गरेपछि स्थिति नफेरिएको भनाइ उपाध्यक्ष मन्सुरीको छ । ‘केही दिन अघि मात्रै कोहलपुरका व्यवसायी समेत भन्सार पुगेर अनुरोध गर्यौ, तर सुनुवाई भएको छैन’, मन्सुरीले अब राजनीतिक दल र सरोकारवालाहरु बीच बृहत रुपमा छलफल आयोजना गरेर दबाब सिर्जना गर्ने बताउ“दै भने । ‘राजश्व एउटा पाटो हो अर्को भित्रिने सामानको गुणस्तरको पनि प्रश्न छ’, यसरी सामान भित्रिइदा गुणस्तरमा कसैले ध्यान नदिने गरेको बताउ“दै मन्सुरीले भने । ‘कानुन हाम्रा लागि मात्रै हो जस्तो लाग्छ ?’, मसुन्रीले भने ।

 
किराना व्यवसायीहरुले राज्यले तोकेको मापदण्ड भन्दा बढी सामान कुनै पनि बहानामा विना भन्सार भित्र्याउन नपाउने बताउ“छन् । ‘भन्सार तिर्ने व्यवसायीले नतिर्नेहरुस“ग प्रतिस्र्धा गर्न गाह्रो हुन्छ’, व्यवसायीहरु यद्यपि कतिपय सामान नेपालमै त्यहा“भन्दा सस्तो रहेको बताउ“छन् ।

 

नेपालगन्ज भन्सार कार्यालयका प्रमुन जनार्दन आचार्यले भने भन्सारका विषयमा अनावश्यक टिकाटिप्पणी गरिएको बताए । उनले व्यवसायीहरुले भने जस्तो भन्सार नगरी सामान छोडिएको भन्ने विषय अस्वीकार गरे । ‘नीति नियम संगत चेकजा“च र भन्सार गराउने काम भैरहेको छ’, भन्सार प्रमुख आचार्यले भने, ‘एक हजार भन्दा बढी मूल्यका सामानहरुको भन्सार लिने गरेको जानकारी दिए । दैनिक नेपालगन्जस“ग कुरा गर्दै आचार्यले हरेक सवारी साधन चेकजा“च गर्ने गरेको बताए ।

 
‘पहिला कडाई र अहिले खुकुलो गरिएको भन्ने विषय सत्य होइन’, प्रमुख आचार्यले भने, ‘आएर हेर्नुस् नियमसंगत नै सबै काम भैरहेको छ ।’ ‘पहिले जस्तै अहिले पनि राजश्व संकलन भैरहेको छ’, उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया