कुमार चौधरी
थारु समुदायमा अनत्तर फरक तरिकाले मनाइन्छ । पुरुषहरु भगवान बिष्णुको व्रत बस्ने गर्छन ।
अनत्तरको अघिल्लो दिन मध्य रातमा दर खाइन्छ । अनत्तरको दिन केही पनि नखाइ एकै पटक दिउँसोको समयमा नुहाएर भगवानलाई पानी र फलफुल अर्पण गरि खने गरिन्छ । त्यसपछी गाउँ भरिका व्रत बस्ने व्यक्तिहरू एक ठाउँमा जम्मा भइ सामुहिक रुपमा पुजा गरिन्छ ।
धागोले बनाएको चौधवटा गाँठो भएको अनत्तरको निर्माण गरी पुरुषले दाहिने हातमा अनन्त बाँध्ने चलन छ । धागोलाइ बेसारले रंगाउने गरिन्छ । यस दिन कलशको जलमा कुशबाट निर्मित भगवान बिष्णुको प्रतिमाको पूजा गरिन्छ ।
व्रत सम्पादन गर्ने व्यक्तिले साथमा थालमा चामल, चिनी, फलफुल, चन्दन, सुपारी, ल्वाङ, पुष्प लग्ने चलन छ । यस पर्वलाइ सामाजिक सद्भाबको पर्वका रुपमा लिने गरिन्छ र खुशी साटासाट गर्ने अवसरको रूपमा लिइन्छ ।
चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ । यदि यस व्रतलाई १४ वर्षसम्म लिने हो भने व्रत सम्पादन गर्ने व्यक्तिले सजिलै विष्णुलोक प्राप्त गर्न सक्दछ भन्ने मान्यता छ ।
अनत्तरमा भगवान कृष्णको पुजा पनि गरिने मधुवन-४, बर्दियाका जेष्ठ नागरिक वृद्ध बिक्रम थारुले बताए । उनका अनुसार कृष्ण जन्म अष्टम्मीमा कृष्ण जन्मिन्छन, थारु पर्व आइतवारीमा कृष्णलाई भात खुवाइन्छ भने अनत्तरमा कृष्णलाई धागो समतेर हिड्न सिकाइन्छ ।
सामुहिक पुजा गरिसकेपछी घरमा आएर रोटी, फलफुल भगवानलाइ अर्पण गरि खाने र एक भाग बिबाह गरेका दिदीबहिनीका लागि छुट्याइन्छ ।
त्यसपछि भो लिपल्ट बिहानै उठे र नुहाईधुवाई गरी पाँचदे खि सातथरि का तर कारी पकाई पूजापाठ गरी खाना खाएर विवाह भएका दिदीबहिनीहरुलाई कासे ली‘अग्रासन’ दिन जाने चलन छ । यसरी दुई दिनसम्म थारु समुदायले धुमधाम संग अनत्तर मनाउँदै आएकाछन ।