बाकेका होटल तथा पर्यटन व्यवसायीहरुले प्रसिद्ध शक्तिपिठ, बागेश्वरी मन्दिरको बृहत्तर विकास माग गरेका छन् । उनीहरुको संगठन, होटल व्यवसायी संघ नेपालगन्ज बा“केको बार्षिक साधारणसभाले त्यसबारे विशेष प्रस्ताव पारित गर्दै बागेश्वरीको बृहत्तर विकासका लागि स्थानीय सरकारलाई दबाब दिने घोषणा पनि गरेको छ ।
‘नेपालगन्जलाई धार्मिक पर्यटकीय नगरका रुपमा विकास गर्न बागेश्वरीको बृहत्तर विकास जरुरी छ’, होटल व्यवसायी संघका पूर्व अध्यक्ष भाष्कर काफ्ले दैनिक नेपालगन्जस“ग भने, ‘त्यसका लागि हामीहरुले संयुक्त दबाब दिने निर्णय गरेका छौं ।’ संघका महासचिव भिमलाल कंडेलका अनुसार, आइतबार भएको साधारणसभाको विशेष प्रस्तावबाट बागेश्वरीको आम्दानीलाई पारदर्शी बनाउन र सम्पूर्ण रुपमा उक्त आम्दानी बागेश्वरी मन्दिरमा भौतिक पूर्वाधार र त्यसको विकास बिस्तारमा लगाउन सम्बद्धहरुको ध्यानाकर्षण गराउने निर्णय भएको छ ।
‘बागेश्वरीको आम्दानीलाई पारदर्शी बनाएर बागेश्वरीकै विकासमा लगाउने हो भने नेपालगन्ज धार्मिक पर्यटनको गन्तव्य बन्न सक्छ भन्ने हाम्रो ठम्याई हो’, काफ्लेले भने, ‘त्यसका लागि होटल व्यवसायीसंघ निरन्तर स्थानीय सरकारस“ग साझेदारी गर्न तयार छ ।’ संघका अध्यक्ष निम बहादुर थापाले यथाशक्य पर्यटन व्यवसायीहरुको टोलीले स्थानीय सरकार, नेपालगन्ज उपमहानगरपालिकास“ग भेटघाट गरी ज्ञापनपत्र बुझाउने देखि दबाबका विभिन्न कार्यक्रमहरु सार्वजनिक गर्ने जानकारी दिए ।