आजबाट बकराईद मनाइदै

आज शनिबार इस्लामिक धर्मावलम्वीहरु इदुलअजाह (बकराईद) मनाउदै छन् । तीन दिनसम्म मनाइने यो मुस्लिमहरुको दोस्रो ठूलो पर्व हो । बकराईद अरबी क्लेन्डर अनुसार, १० जिलहिज्जा, हिजीरी सम्बत १४३८ मा परेको छ ।

 

यो इस्लामिक क्यालेण्डर अनुसार १२ बाह्रै महिना हो । हजरात इब्रहिम र हजरत इस्माईलको यादमा बकराईद मनाइन्छ ।
आज मुस्लिमहरु इदगाहमा सामूहिक नमाज पढेर, कुराबनी (पशुबलि) दिएर बकाराइद मनाउने गर्दछन् । कुरानमा उल्लेख भए अनुसार, हजरते इब्रहिम खलिउल्लाहले आफ्नो छोराको कुराबनी दिने बेलामा पैगम्बर हजरत इब्रहिम खलिउल्लाहको छोरालाई बचाएर जनावरको कुराबनी कबुल गरेपछि कुरबानी मनाउने परम्पराको सुरु भएको हो । बकराइदमा खसी, वोका, भेडा, रागाँको कुरबानी दिइन्छ । कुराबनीको मासु गरिब, इष्टमित्र र परिवारमा भाग लगाइन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया