बाँके : संघमा ३ प्रदेशमा ६ क्षेत्र

आसन्न निर्वाचनका लागि बाकेमा प्रतिनिधिसभाका लागि प्रदेश सभाका लागि ६ निर्वाचन क्षेत्र निर्धारण भएको छ ।
संविधानअनुसार निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न सरकारद्वारा गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबार प्रतिवेदन बुझाउने क्रममा उक्त प्रस्ताव सिफारिस गरेको हो ।

 
तीन निर्वाचन क्षेत्र प्रस्ताव भएको बाकेमा नरैनापुर, राप्तीसोनारी र कोहलपुरलाई क्षेत्र नं. १मा समेटिएको छ । क्षेत्र नं. २ मा डुडुवागाउपालिका सगै नेपालगन्ज उपमहानगरपालिकाका १६ र १७ वडा बाहेकलाई सीमांकन गरिएको छ । नेपालगन्जको वडा नं. १६ र १७ लाई जानकी, खजुरा र बैजनाथ गाउपालिका सहित क्षेत्र नं. ३ मा पुर्याइएको छ ।
त्यस्तै, प्रदेस सभाका लागि बनाइएको ६ निर्वाचन क्षेत्रमा नरैनापुर र राप्तीसोनारी १–७ लाई निर्वाचन क्षेत्र १ बनाइएको छ । राप्तीसोनारी ८ र ९ तथा कोहलपुर नगरपालिकालाई क्षेत्र नं. २ बनाइएको प्रदेश सभामा डुडुवा गाउ“पालिका र नेपालगन्ज उपमहानगरपालिकाको १३, १८, १९, २०, २१, २२ र २३ लाई एउटा र नेपालगन्जको वडा नं. १३ बाहेक १ देखि १५ नं. वडा प्रदेशको अर्को क्षेत्रमा समेटिएको छ ।

 
त्यस्तै, निर्वाचन क्षेत्र नं. ३ मा प्रदेशका लागि बैजनाथ गाउ“पालिका र खजुराको ५, ६, ७, ८ लाई समेटिएको छ भने अर्को प्रदेश निर्वाचन क्षेत्रका लागि नेपालगन्जको १६ र १७ जानकी गाउपालिका पुरै र खजुरा गाउ“पालिकाको १–४ वडा समेतिएको छ ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा

सरकारले प्रदेश सभा र केन्द्रीय प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १० र मंसिर २१ गरी दुई चरणमा गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता मोहन बस्नेतले जानकारी दिए ।

 
यसअघि सरकारले मंसिर १० मा एकैपटक दुई चुनाव गर्ने निर्णय गरेको थियो । तर निर्वाचन आयोगले दुई चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गरिनुपर्ने भनि सरकारलाई दिएको सुझावको आधारमा दुइ चरणामा गर्ने निर्णय भएको बुझिएको छ ।

 
दुई चरणमा चुनाव गरिने भएपनि कुन जिल्लामा कुन चरणमा गर्ने भन्नेबारे चाहि स्पष्ट पारिएको छैन । निर्वाचन आयोगसँग परामर्शको आधारमा सोबारे थप निर्णय लिइने बस्नेतले बताए । बस्नेतले प्रदेश प्रमुख र प्रदेशको राजधानीको बारे राजनीतिक सहमतिको आधारमा राजनीतिक समितिले निर्णय गर्ने बताए । यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा विपद आयोग गठन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया