लायन्सको संयुक्त पदस्थापन

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ अन्तर्गत नेपालगन्ज क्षेत्रका लायन्स तथा लियो क्लबहरुले आगामी कार्यकालका लागि पदस्थापन गरेका छन् । सोमबार आयोजित विभिन्न संयुक्त पदस्थापन कार्यक्रममा क्लबका नवचयनित अध्यक्ष तथा पदाधिकारीहरुले कार्यभार सम्हालेका हुन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का गभर्नर मधुसुदन शर्मा रिजालको प्रमुख आतिथ्यमा झण्डै डेढ दर्जन क्लबहरुले पदस्थापन गरे ।

 

 
विहान आयोजित भव्य कार्यक्रम बीच लायन्स क्लब अफ नेपालगन्ज बाके एनएलएफका अध्यक्ष निरज गौतम, लायन्स क्लब अफ नेपालगन्ज बागेश्वरीका अध्यक्ष भागिरथी खनाल, गोल्डेन एनएलएफका अध्यक्ष सुरेन्द्र सिंह सरदार, भेरीका अध्यक्ष भगवति भण्डारीले पदभार ग्रहण गरेका हुन् ।

 

 
त्यस्तै, लायन्स क्लब अफ खजुराका अध्यक्ष लेखनाथ सापकोटा, हिमालयन ट्रयाकका अध्यक्ष राजेन्द्र श्रेष्ठ, लियो क्लब खजुराका अध्यक्ष अमित लामा, लियो क्लब भेरी अध्यक्ष भावना रोक्काले पदभार ग्रहण गरेका हुन् । कार्यक्रममा लियो क्लब खजुराका अध्यक्ष शिशिर सापकोटा, लायन्स क्लब अफ नेपालगन्ज खजुराका अध्यक्ष दुर्गालाल विश्वकर्मा, बा“के एनएलएफ दोब बहादुर थापा, लायन्स क्लब भेरीका अध्यक्ष शान्ता पराजुली लगायतले बोलेका थिए ।

 
लायन्स क्लब अफ नेपालगन्ज बाके एनएलएफका अध्यक्ष निरज गौतमले आफ्नो कमिटि मुलुकमै सर्वोत्कृष्ट क्लबका रुपमा स्थापित भएको बताए । बाके एनएलएफमा मिरेन्द्र कुमार जोशी प्रथम उपाध्यक्ष, विजय भण्डारीले द्वितीय र गुमजन सेठिया तृतीय उपाध्यक्ष चयन भएका छन् ।

 
सचिव धु्रव राज शर्मा (सुदिप) कोषाध्यक्ष राम बहादुर श्रेष्ठ, प्रोग्राम कोर्डिनेटर संजय थापा, पिआरओ प्रिन्सु जैन र डाइरेक्टरमा चरणजीत सिंह तथा चम्पालाल बोथरा चयन भएको अध्यक्ष गौतमले जानकारी दिए । त्यस्तै, सोमबार नै सा“झ झण्डै एक दर्जन लायन्स तथा लियो क्लबले छुट्टै पदस्थापन कार्यक्रमको आयोजना गरे ।

 

 
भव्य कार्यक्रम बीच लायन्स क्लब अफ नेपालगन्ज टाउनका यम राना, मिड टाउन अध्यक्ष रेवती सिंह, युथका अध्यक्ष दिपक चेमजोङ, सिद्दिविनायकका अध्यक्ष चिरञ्जीवि ढकाल र लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष विनय कुमार श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।

 
त्यस्तै, लायन्स क्लब कोहलपुरका अध्यक्ष लक्ष्मण पौडेल, नेपालगन्ज–गणेशपुरका अध्यक्ष भिम बहादुर शाही, लायन्स क्लब कोहलपुर सिटिका अध्यक्ष शरद रेग्मी, लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष देवराज शर्मा लगायतले पदभार ग्रहण गरेको लायन्स क्लब इनोभेटिभका निवर्तमान सचिव मिना ढकालले जानकारी दिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया