माओवादी केन्द्रीय सदस्यलाई राजपाको स्पष्टिकरण !

माओवादी केन्द्रले पार्टी प्रवेश गराई केन्द्रीय आयोजक समितिको सदस्य मनोनित गरिसकेका दुई जनालाई राष्ट्रिय जनता पार्टीले स्पष्टिकरण सोधेको छ ।

 
राजपाका केन्द्रीय अनुशासन समितिका अध्यक्ष रामकुमार दीक्षितले आदेश कुमार अग्रवाल र ललित रौनियारलाई आइतबार ‘कार्यालय समय भित्र’ लिखित जवाफ पेश गर्न स्पष्टिकरण सोधेका हुन् । ‘तपाईलाई साधारण सदस्य समेतबाट निष्कासन किन नगर्ने ?’ दीक्षितले प्रश्न गरेका छन् । त्यसअघि नै रौनियार र अग्रवाल सहितको एउटा समूह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसग औपचारिक पार्टी प्रवेश गरिसकेका छन् ।

 

‘म लगायत आदेश अग्रवाल, जगदीश बहादुर सिंह, कामता खटिक र कलिम अन्सारीलाई पार्टीले केन्द्रीय सदस्य बनाएर सम्मान दिएको छ’, रौनियारले शनिबार मात्रै भनेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया