बर्माको हत्या आशंकामा दुई पक्राउ

दुई साता अघि रहस्यमय ढंगले मृत भेटिएका नेपाल बैंक लिमिटेड बर्दियाका शाखा प्रबन्धक प्रमोद बर्माको घटनामा संलग्नताको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

 
इप्रका कोहलपुरमा परेको किटानी जाहेरीका आधारमा प्रहरीले बैंककै कर्मचारी बिन्दु ज्ञवाली र आश्मा खड्कालाई अनुसन्धानका लागि पक्राउ गरेको हो । ‘उनीहरुलाई अदालतमा हाजिर गराई म्याद थप पनि गरिएको छ’, इलाका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक नवराज पोखरेलले दैनिक नेपालगन्जस“ग भने, ‘किटानी जाहेरीका आधारमा थप अनुसन्धान भैरहेको छ ।’

 
गत साउन २३ गते बाकेको अगैया जंगलमा झुण्डिएको अवस्थामा भेटिएका ३३ बर्षिय बर्मा त्यसको तीन दिनअघि बेपत्ता भएका थिए । बैंक शाखाकै कर्मचारी बिन्दु ज्ञवालीका घरमा खाना खान गएका भनिएका बर्मा बेपत्ता भएपछि परिवारले घटनामा उनको संलग्नता आशंका गरेको हो ।

 
बर्मा परिवारले शुक्रबार दाङ्गको घोराहीमा पत्रकार सम्मेलन गरी प्रमोद बर्माको हत्या नै भएको दाबी गरेका छन् । बर्मा पत्नी पार्वती बस्नेतले आफ्ना श्रीमान्को हत्या भएको दाबी गर्दै घटनाको गम्भीर अनुसन्धान गर्न आग्रह गरेकी छन् । घटनाको तमाम विवरण पत्रकार प्रस्तुत गरेकी श्रीमति बस्नेतले आफ्नो किटानी जाहेरीमा प्रहरी अनुसन्धान केन्द्रित हत्या प्रमाणित हुने दाबी गरिन् ।

 
घटनाको दुई सातापछि भेरी अञ्चल अस्पतालले पोष्टमार्टम रिपोर्ट दिएको छ । प्रहरीका अनुसार, भिसेरा रिपोर्ट आएपछि अनुसन्धानले थप तिव्रता लिनेछ । ‘घटनाको अनुसन्धान जारी छ’, प्रहरी निरीक्षक पोखरेलले भने ।

प्रतिक्रिया

प्रतिक्रिया