दुई साता अघि राष्ट्रिय जनता पार्टी बाकेका नेता ललित रौनियारले सामाजिक सञ्जालमा मधेसवादी दलबारे एउटा धारणा बनाए, ‘बा“केमा मधेसी दलहरु प्रा.लि.मा परिणत, एउटाको नाम राई एण्ड ब्रदर्स प्रा.लि. अर्को मिश्रा एण्ड ग्रुप प्रा.लि. ।’ रौनियारको धारणामा राजपाका केन्द्रीय सदस्य आदेश अग्रवालले लेखे, ‘ठिक भन्नुभयो ।’
त्यसको तीन दिनपछि रौनियारले सामाजिक सञ्जालमा पोष्ट गरे, ‘मधेसी राजनीति र मधेसी दलबाट मोह भंग हुदै ।’ रौनियारले राजपा नेता पशुपति दयाल मिश्रको एउटा पोष्टलाई कपि गर्दै गरेको कडा आलोचना पनि उसै दिन चर्चाको विषय बन्यो । बहस र विवाद यहा“सम्म पुग्यो कि, अर्का नेता सिपि सिंहले बहसलाई फेसबुकमा नभई पार्टी अफिसमा गर्न सुझाव दिए ।
बहसले यसरी निरन्तरता पायो कि राजपाका केन्द्रीय सहमहामन्त्री मिश्रले बुधबार रौनियार माओवादी केन्द्र प्रवेश गर्न लागेको खुलासा सामाजिक सञ्जालबाटै गरिदिए । त्यसअघि मंगलबार रौनियारले नैतिकताका आधारमा राजपा संसदमा बसिरहनुको औचित्य नभएको टिप्पणी गरेका थिए । उनको टिप्पणी संसदमा संविधान संशोधन प्रस्ताव अस्वीकृत भएपछिको थियो ।
यसबीच रौनियारले मधेसी दल संघीय समाजवादी फोरम र राजपालाई निरन्तर कटाक्ष गर्दै धारणा सार्वजनिक गरिरहे भने अर्कोतिर माओवादी नेताहरुसग कुम जोड्दै गतिविधिमा संलग्न रहिरहे । ‘५ नम्बर प्रदेशलाई बलिको बोका बनाएर राजपाले २ नं. प्रदेशमा चुनावमा जाने नाटक गरेको’ टिप्पणी अर्का नेता राजपाका केन्द्रीय सदस्य आदेश अग्रवालको आयो । अग्रवालको प्रदेश नं. ५ का सबै नेताले राजपाबाट राजिनामा दिनुपर्ने धारणा पनि थियो ।
राजपाले स्थानीय तहको निर्वाचन बहिष्कार घोषणा गरेपछि कार्यकर्ता संगठित गराइराख्न देशैभरी चुनौति देखियो । त्यसको असर प्रष्टसग बाकेमा पनि देखा पर्यो । माथिका बहस तिनै असरका बाछिटा हुन् । ‘कुन तरिकाबाट पार्टी प्रवेश गराउ“दा राजनीतिक फाइदा बढी लिन सकिन्छ भन्ने तयारी भैरहेको छ’, नेकपा माओवादी केन्द्रका एक नेताले बुधबार दैनिक नेपालगन्ज स“ग भने, ‘ललितजी, आदेशजीहरुलाई संगठित ढंगले ठूलै समूहमा प्रवेश गराउने तयारी भैरहेको छ ।’ उनका अनुसार, पार्टी नेता दामोदर आचार्यले सबै प्रयास, पहल र संयोजन गरिरहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुखमा उम्मेदवारी दिएका आचार्यको प्रचारमा अग्रवाल र रौनियारहरु खुलेरै सक्रिय थिए । उनीहरुसगै सक्रिय नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यलाई पनि औपचारिक रुपमा पार्टी प्रवेशको प्रयास भैरहेको माओवादी नेताको भनाइ छ । ‘नन्दलालजी औपचारिक प्रवेशमा हिचकिचाइरहनु भएको छ’, उनले भने । तर, रौनियार र अग्रवालसगै राजपा निकट युवा मञ्चका जिल्ला अध्यक्ष राजेश वैश्य पनि प्रवेशका लागि सकारात्मक भएको बताइन्छ ।
‘हो, ललित, आदेश र राजेश माओवादी प्रवेश गर्दैछन्’, राजपा नेता मिश्रले दैनिक नेपालगन्जको जिज्ञासामा भने, ‘स्थानीय तहको निर्वाचनदेखि नै उनीहरु माओवादी स“गै लहसिएका हुन् ।’ मिश्रले राजपाले मान, सम्मान, पद र जिम्मेवारी दिएपनि उपेक्षा गरेर जा“दा माओवादीमा कदर नहुने टिप्पणी गरे । ‘कुनै ठूलै समूह जादै छैन’, मिश्रले भने, ‘उनीहरु जति प्रयास गरेपछि २÷४ जना भन्दा जाने अवस्था देखेको छैन ।’ रौनियारलाई नेपालगन्ज नगर विकास समितिको अध्यक्ष लगायतका अवसर दिएको तत्कालीन तमलोपाले संविधान सभामा उम्मेदवार समेत बनाएको थियो । यसबारे प्रतिक्रिया लिन खोज्दा रौनियार, अग्रवाल र वैश्यस“ग टेलिफोन सम्पर्क सफल भएन ।