छोरीहरु  गुमाउदाको पिडा

सुरेन्द्र दिप कार्की

आधा रात निन्द्रामा साथीको फोन बज्यो ‘सब ओरागैल, किउ नै बच्ल ।’ ‘राम राम अरु कसको के के भो … ए अरु लाई ठिक छ ?’, साथीले फोनमा कुरा गरेको आवाज एकोहोरो मात्र सुने मेरो मन घर पुगी हाल्यो । फोन गरे कसैको फोन लागेन र त्यही बेला काठमाण्डौंबाट भाइले फोंन गर्यो, ‘तेरो घरमा कोहि बचेनन्, ’ मलाई आकासले थिचे जस्तो भयो, साउन २७ को रात सम्झदै कमीलाल थारुले भने । ‘रुदै ठेकेदारलाई उठाउन गए’, आखा भरि आशु पर्दै कमि लाल थारुले भने ।
‘बाके राप्तिसोनारी गाउ पालिका ४ लालपुरका झण्डै १ दर्जन थारु समुदायका मानिस पोखरा मजदुरी गर्न गएको छन् ।’ मजदुरीको शिलशिलामा कमिलाल घरमा ३ छोरी र श्रीमती छोडेर गएको हुन् । ४ महिना अघि मात्र सामान्य बिमारले बितेकी कान्छी छोरीको पीडा नसकिदै थप बिपत्ति आइलाग्यो । साउन २७ गते रात जीवनमा कालो रात भएर आयो । १२ , १० र ८ बर्षेे तिन छोरीको एकै ठाउ“ पुरिएर घर पूर्ण रुपमा भत्कियो । अहिले न गास न बास न सन्तान को स्थितिमा पुगे ।


‘साउन महिनाको झरी भर्खर सुरु भएको थियो । बर्र्षै देखि राप्तीको किनारमा बसेको यो बस्ती राप्ती कै भर मा खेतीबाली, पशु चौपाया किसानी जीवन बिताइरहेका थिए । जीवनको ३७ बर्ष यो किनारमा बिताए अहिले सम्म यस्तो देखेको थिएन आज आई लाग्यो’, कमिलाल थारुले भने ।
मजदुरी र खेती किसानीको भरमा जीवन चलाउदै आएका कमिलालको घर पनि भत्कियो । त्यही घरले किचेर ३ छोरीको मृत्यु भयो । मध्य रातमा खाट भन्दा माथि पानि आयो छोरीहरु आत्तिएर कराए रुन थाले बाहिर एक तमासले पानी परेको थियो नजिक कै बाजेको घर छ बाजेहरु अरु छिमेकी भागे कि हेरे । आउनु भन्दै छोरी हरुले पठाए । पानि कम्मर बराबर आई सकेको थियो । छोरी हरुले कराएको सुने । बचाऊ भन्दै म नि कराए सबै विपति मा भएको बेला कोहि आएनन आखाको अगाडी घर ढल्यो । लाउला खाउला को मेरो ३ छोरी एकै चिहान भए ।

मानव गल्तीले ल्याएको बिपत्ति
राति पानि बढे पछि अघैया बजार डुबानमा परेछ त्यहाको स्थानीय मिलेर सिक्टा सिंचाईको कर्मचारीलाई बोलाएर बाधको ढोका खोल्न लगाए । पूर्वानुमान बिना कर्मचारीले सबै ढोका खोलि दिए उनलाई के थाहा सामान्य गल्ति ले यस्तो बिनास ल्याउछ भन्ने । साबिकको बैजापुर गाबिस आधा र बिनौना गाबिससम्मको गाउ सबै जलासय भए ।

नियतिको उपहार, जस्तो नाम उस्तै अवस्था : कमि लाल

कमिलाल थारुले जिबन मा सोचेको थिएन कि नाम जस्तो जिन्दगी पनि तेसरी नै चल्ला भने । जिबनको झन्नै मध्य मा आएर सन्तानको कमि होला भन्ने । ४ सन्तान जन्माएर हुर्काएर पनि दैब यसरी निस्ठुरी भएर आउला भन्ने कल्पना पनि गरेको थिएनन तर प्रारब्ध कसैले रोक्न सकेन नियतिले आपनो धर्म पुरा गर्यो ।
कमिलालको जिबन मा सहन नसक्ने पिडा माथि पिडा थुप्रियो । तासको घर लडे जसरि घर ढलेको छ उठाउन सकेको छैन । पुरिएको समान सबै छरिएको छ । छोरी को याद मा उदास कमि लाल यता उता भौतारिन्छन ।

दुखले बनायो सेलिब्रेटी 

सामान्य मजदुरी गरे र खाने कमिलालले जिबन मा नसोचेको कुरा भयो । प्रधानमन्त्री शेर बहादुर देउबा भेट्न आए । भेटेनन मात्र राज्यको तर्फ बाट नगद ६ लाख रुपया दिए । आज पत्रकार खोज्दै घर सम्म आउन् थालेको छ । दाता सहयोगी सस्था के चाहियो भन्दै उन कै देला मा पुग्न थालेको छन । सबै मिडिया मानिस संग उन लाई बिपत ले चिनायो । सामान्य अवस्था मा थियो भने उनी सामान्य पिडित सरह नै राहत को पर्खाई मा हुन्थे होला । अहिले दुख को सेलेब्रेटी भए ।

अन्जुले आफु मरेर आमा बचाईन्

राति ९ बजे पानि र आकास मा बिजुलीएकै पटक देखा पर्न थाल्यो । सामान्य माटो र फुसको छानो भएको घर मा एक्क्कासी पानि छिर्यो र कमिलाल को श्रीमती र बच्चा रुन कराउन थाले ।
ठुली छोरी अन्जु ले बाजे हरु ले के गरे छन घर बाट बाहिर निस्केकी उच ठाउ तिर गए कि हामि पनि भाग्न पर्छ भनि आमा लाई बाहिर पठाईन । बाहिर कम्मर जति पानि थियो १०० मिटर दुरी मा रहेको बाजे को घर पुग्न हम्मे हम्मे पर्यो ।
बाजे को सबै गोठ मा रहेछन आफ्नो घर नपुग्दै बच्चा रोएको आवाज सुनिन गुहार मागिन छिमेकि लाई सबै लाई आफनै ज्यान प्यारो उन को गुहार कसैले सुनेनन । आखा अघि घर ढल्यो दुख ले हुर्काएको ३ सन्तान आमा आमा भन्दै पुरिए ।

प्रतिक्रिया

प्रतिक्रिया