बाकेका मोहनको ओमानमा रहस्यमय मृत्यु

वैदेशिक रोजगारीका लागि ओमान पुगेका एक युवा शनिबार रहस्यमय ढंगले मृत फेला परेका छन् ।
बाके राप्तीसोनारी गाउपालिकाका मोहन मल्ल ओमानमा सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् । मोहन गत माघ २८ गते कर्णाली ओभरसिज मार्फत ओमान इन्टरनेशनल ग्रुपमा काम गर्न ओमान पुगेका थिए ।

 
२९ बर्षिय युवा मल्लको हत्या भएको परिवारले आशंका गरेको छ । नेपालगन्ज बसपार्क रोडमा सुर्खेती चन्द होटल सञ्चालन गर्दै आएका मोहनका दाजु राजेन्द्रले परिवारले प्राप्त गरेको फोटोमा मोहनको शरीरमा चोटका दागहरु देखिएका भन्दै हत्या भएको हुन सक्ने आशंका व्यक्त गरे । ‘टाउको, घा“टीमा चोट लागेको र रगत देखिएको फोटो पाइयो’, राजेन्द्रले भने, ‘कुनै पनि गम्भीर स्वास्थ्य समस्या थिएन मोहनलाई ।’

 
मृतक मोहन गर्भवति श्रीमतिलाई छोडेर वैदेशिक रोजगारीमा गएका थिए । उनको २ महिनाको छोरा छ । मोहनको निधनको खबर प्राप्त भएपछि श्रीमति छाया“ अचेत अवस्थामा छिन् । विदेशमा भाईको मृत्यु भएपछि दाजु राजेन्द्र हतास देखिए । ‘शव ल्याउने प्रक्रियामा लागेको छु’, आइतबार दैनिक नेपालगन्जसग उनले भने, ‘उनको मृत्युको बारेमा सत्यतथ्य बाहिर आओस् ।’

 
ओमानमा मोहन कार्यरत कम्पनीमा अन्य १५ बढी नेपालीहरु समेत कार्यरत् रहेका छन् । उनी गएको कर्णाली ओभरसिजका प्रतिनिधि दिलिप चन्दले त्यहा कार्यरत नेपालीहरुसग घटना बारे बुझेको परिवारलाई जानकारी गराएका छन् । त्यसक्रममा चन्दले त्यहा“ कार्यरत नेपालीले मल्ल मिलनसार रहेको र उनको निधनबाट आफुहरु समेत स्तब्ध रहेको बताएको परिवारलाई जानकारी दिएका थिए ।

 
मोहन स“गै अन्य देशका ३ नागरिक पनि सगै बस्ने गरेको चन्दले त्यहा कार्यरत नेपालीलाई उद्धृत गर्दै जानकारी दिए । ओमान प्रहरीले मोहनको शव पोष्टमार्टका लागि अस्पताल लगेको जानकारी पाएको बताउदै चन्दले पोष्टमार्टम पछि मोहनको निधनको वास्तविकता खुल्ने परिवारलाई आश्वासन दिएका थिए । मृतक मोहनको परिवारमा श्रीमति, एक छोरा र दाजु, भाउजु रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया