नेपालगन्ज उपमहानगरलाई फोहर व्यवस्थापन गर्न ठाउ अभाव

करिब एक हप्तादेखि फोहर नउठाइ“दा नेपालगन्ज नगर नै दुर्गन्धित बन्न थालेको छ । नेपालगन्ज उपमहानगरपालिका अन्र्तगतका विभिन्न सडक, चोक तथा स्थानमा संकलन भएको फोहर मैला नउठाइएपछि नगर नै दुर्गन्धित बन्न थालेको हो । नेपालगन्जको अति व्यस्त सडक सदरलाइन, एक्लैनी जाने गल्ली, रानी तलाउ तरकारी बजार लगायत स्थानमा हप्तौदेखिको फोहर नउठाउँदा कुहिएर गन्हाउन थालेको छ ।

 
रानीतलाउ तरकारी बजार समितिका सदस्य मैफुजुर कवाडियाले उपमहानगर पालिकाले फोहोर नउठाउदा फोहोर कहा फाल्ने भन्ने समस्या भएको बताए । ‘दैनिक फोहर निस्कन्छ तर उपमहानगरपालिकाले नउठाउँदा फोहर कुहिएर गन्हाउन थालेको छ’, उनले भने, ‘अन्त कतै व्यवस्थापन गर्ने ठाउँ पनि छैन, दैनिक उपमहानगरपलिका तथा वडाध्यक्ष लाई फोन गर्नै ठिक्क हुन्छ ।’

 
नेपालगन्ज उपमहा–नगरपालिकाले भने फोहर व्यवस्थापनका लागि ठाउँ नभएर फोहर उठाउन नसकिएको बताएको छ । उपमहानगरपलिकाका कार्यकारी अधिकृत भिमबहादुर क“ुवरले फोहर फाल्ने ठाउँ नभएर नगरमा संकलन गरिएको फोहर कार्यालय परिसरमा ट्रक तथा ट्याक्टरले लोड गरेर राख्न बाध्य भएको प्रतिक्रिया दिएका छन् । ‘मेयरसाप र म ३/४ दिनदेखि स्थान खोज्नमा व्यस्त छौ’, कार्यकारी अधिकृत कुवरले भने, ‘तर, कसैले आफ्नो जग्गा तथा वरिपरि फोहर फाल्नै दिन्न कसरी व्यवस्थापन गर्ने बढो समस्या भएको छ ।’ यसका लागि दिर्घकालिन योजना नै बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको अधिकृत कु“वरको भनाइ थियो ।

 
अधिकृत कुवरले फोहोर उठादिन भन्दै सर्वसाधारणले सम्पर्क गर्ने गरेको बताउदै फाहोर व्यवस्थापनको लागि स्थान खोजिभैरहेकाले समस्या समाधान हुने विश्वास दिलाएका छन् । ‘नगरलाई सुन्दर सफा बनाउनमा हाम्रो पहल जारी छ’, उनले भने, ‘उपमहानगरपलिकालाई ठुलो समस्या भएकाले यस विषयमा चाडै निकास निस्कने छ ।’

 
एक हप्तादेखि फोहर नउठाउँदा तरकारी किन्न आउने उपभोक्ताहरु नाक मुख थुन्न बाध्य भएको तरकारी बजार समितिले बताएका छन् । त्यति मात्र नभई उपमहा–नगरपालिकाका फोहोर उठाउन आउने कर्मचारीलाई पैसा समेत दिनुपरिरहेको समितिकै एक सदस्यले बताएका छन् । समितिका सदस्य कवाडियाले एक महिनामा करिब ७ ट्रिप फोहर उठाउन लगाउदा रु १० हजार भन्दा बढी त्यत्तिकै कर्मचारीलाई बुझाउनु परेको दाबी समेत गरे । उनी भन्छन्, ‘पैसा नदिए फोहर नै उठाउदैनन् ।’

 
उपमहानगरपालिकाले नगरको फोहरमैला व्यवस्थापन तथा सफा सुग्घर बनाउनका लागि विभिन्न उपसिमितिहरु गठन गरि सबै वडाध्यक्ष तथा सदस्यहरुलाई जिम्मा दिएको छ । नेपालगन्ज उपमहानगरपालिका अन्र्तगत दैनिक करिब ३५ टन फोहर मैला सकलन हुने र फोहर उठाउन ६ वटा ट्याक्टर रहेको उपमहानगरपालिकाले जनाएको छ ।

 
२० वर्षपछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले दैनिक जसो नगरको सरसफाईलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता आएपनि करिब डेढ महिना वितिसक्दा खासै प्रतिफल नदेखिएको सम्बद्धहरु बताउँछन् । नेपालगन्जमा विगत एक वर्षदेखि स्वस्र्फुत रुपमा सरसफाई अभियान सञ्चालन गरिएपनि नगरपालिकाले फोहर मैलालाई प्रभावकारी व्यवस्थापन नगर्दा समस्या बनेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया