बाढी पीडितलाई जुट्दै राहत

बाकेका बाढी पीडितहरुको राहत संकलन र वितरणका लागि जिल्ला स्थित संघ, संगठन र विभिन्न समूहहरु सक्रिय भएका छन् । कोहलपुर उद्योग वाणिज्य संघले तीन दिनदेखि राहत संकलन र वितरण गर्दै आएको संघका महासचिव तेज प्रसाद अधिकारीले जानकारी दिएका छन् । उनले बाढी आए लगत्तै बाढी पीडितका लागि राहत संकलन र वितरणका संघ जुटेको जानकारी दिए ।

 

 

‘सबैभन्दा बढी प्रभावित राप्तीसोनारी गाउपालिकामा तत्कालैदेखि राहत वितरण सुरु गरेका हौं’, महासचिव अधिकारीले दैनिक नेपालगन्जसग भने । उनले राप्तीसोनारीको वडा नं. ३ र ४ का बाढी पीडितका लागि राहत उपलब्ध गराएको जानकारी दिए । जिल्ला दैवी प्रकोप उद्दार समितिको समन्वयमा मंगलबार राप्तीसोनारीको बैजापुर वडा नं. ३ र ४ का बाढी पीडितका लागि गाउ“पालिका अध्यक्ष लाहुराम थारुलाई राहत सामाग्री हस्तान्तरण गरिएको संघका महासचिव अधिकारीले जानकारी दिएका छन् । उनले मंगलबार ३० बोरा चामल, ५ बोरा दाल, ११ बोरा च्युरा, ६ बोरा भुजा, ३ बोरा सोयबिन, ६ कार्टुन विस्कुट, १ सय ६० कार्टुन चाउचाउ, १ हजार २ सय बोतल पानी, १२ किलो चियापत्ति, १ कार्टुन फुरनदाना, जुत्ता र चप्पल १ झोला, भा“डाकु“डा, ४५ झोला कपडा अध्यक्ष लाहुराम थारुलाई उपलब्ध गराइएको जानकारी दिए ।

 

 
‘बाढीका कारण धेरै मानिस प्रभावित भएका छन्’, महासचिव अधिकारीले ‘पीडितहरु भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले तत्कालैबाट राहत वितरण सुरु गरिएको हो ।’ उनले सोमबार राप्तीसोनारीको टिकुलिपुरमा २५ क्वीन्टल चामल, १० क्वीन्टल च्युरा, १० बोरा भुजा, बिस्कुट ७० पेटी, त्रिपाल ३० वटा, चाउचाउ ७५ पेटी बाढी
पीडितलाई वितरण गरिएको बताए ।

 
संघको राहत होलियामा
नेपालगन्ज उद्योग वाणिज्य संघले पनि बाढी पीडितका लागि राहत उपलब्ध गराएको छ । संघ अध्यक्ष नन्दलाल वैश्यले होलियाका बाढी पीडितका लागि ५ सय प्याकेट ड्राइ फुड उपलब्ध गराएको जानकारी दिए । उनले उक्त राहत सामाग्री डुडुवागाउपालिका अध्यक्ष नरेन्द्र चौधरीलाई बेतहनीमा हस्तान्तरण गरेको जानकारी दिएका छन् ।

 

 
डुडुवा पुग्यो राजपा
राष्ट्रिय जनता पार्टी नेपाल बाकेले पनि डुडुवागाउ“पालिकाको डुडुवा नालापारीका ५ वटा गाउका लागि खाद्यान्न सामाग्री उपलब्ध गराएको छ । सोमबार अनुगमनका डुडुवागाउ“पालिका पुगेको राजपा टोलीले मंगलबार ५ वटा गाउलाई लक्षित गरी पिठो ४ सय केजी, तेल ४ टिन, आलु २ सय ५० किलो, मरमसला, टमाटर, लैया र नमकिन सय/सय प्याकेट, पानी उपलब्ध गराएको केशव राम बर्माले जानकारी दिए । अनुगमनका क्रममा भोकै बस्नु परेको भनेर डुडुवापारीका बासिन्दाले गुनासो गरेपछि खाद्यान्न सामाग्री उपलब्ध गराइएको राजपा नेता पशुपति दयाल मिश्रले जानकारी दिए । ‘सामूहिक रुपमा पुरी तरकारी खाने व्यवस्था गरिदिएका हौं’, नेता मिश्रले भने, ‘डुडुवागाउपालिका–६ का अध्यक्ष मोहन मिश्र लगायतले जुटाएकोे राहत स“गै हामीले पनि होलियाका लागि राहत पठाएका छौं ।’ ‘बाढी पीडित क्षेत्रमा स्वास्थ्य समस्या समेत देखिन थालेको पाएका छौं’, नेता मिश्रले स्वास्थ्य उपचारका लागि पहल गरिरहेको जानकारी दिंदै भने ।

 
समन्वय गर्दै महासंघ
नेपाल पत्रकार महासंघ बाकेले जिल्लाका बाढी पीडितहरुलाई राहत उपलब्ध गराउन विभिन्न संघ, संस्थाहरुस“ग समन्वय गर्ने भएको छ ।

 
राहत सहयोग जुटाउन सार्वजनिक अपिल गरेको महासंघले हेल्पिङ्ग ह्याण्डस् फ्रम नेपालगन्ज अभियान सञ्चालन गरेको छ । ‘मंगलबार मात्रै जिल्ला बाल क्लब सञ्जाल र जिल्ला सहकारी संघस“ग समन्वय बैठक गरेर राहत कहा“ आवश्यकता छ भन्ने कुरालाई एकिन गरिएको छ’, महासंघ बा“केका अध्यक्ष ठाकुर सिंह थारुले भने, ‘कतिपय ठाउबाट राहत सामाग्रीहरु पनि संकलन भैरहेको छ ।’

 
लायन्स पुग्यो बर्दिया
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ले मंगलबार बर्दियाको गुलरिया नगरपालिका स्थित एउटा बस्तीमा पुगेर २ सय बढी परिवारलाई राहत उपलब्ध गराएको छ । डिष्ट्रिक गभर्नर मधुसुदन शर्मा रिजालको नेतृत्वमा गएको टोलीले २ लाख बराबरको राहत सामाग्री हस्तान्तरण गरेको जेएलडी कोर्डिनेटर कृष्ण श्रेष्ठले जानकारी दिए । पूर्व डिष्ट्रिक गभर्नर सेम शाक्य, लायन्स लिडर टिपि न्यौपाने, कृष्णकाजी श्रेष्ठ, निरज गौतम, संजय जैन, लियो लिडर रेशम श्रेष्ठ, विवेक श्रेष्ठ, सरोवर प्रसाई लगायत एरिया नं. ६ का लायन्सकर्मीहरुको सहभागितामा संकलित राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

 
त्यस्तै, यूनिक नेपाल बर्दियाले जिल्ला दैवी प्रकोप उद्दार समिति बर्दियाका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापालाई मंगलबार बाढी पीडितका लागि राहत स्वरुप ५ लाख ५० हजार रुपैया“ राहत रकम प्रदान गरेको जनाएको छ ।

 
रेडियोकर्मीको सहयोग
त्यस्तै, रेडियो सद्भाव एफएम नेपालगन्ज र त्यहा“ कार्यरत कर्मचारीहरुको एक दिनको तलब गरी ६ हजार १ सय २६ रुपैया“ बाढीबाट ज्यान गुमाएका राप्तीसोनारी गाउ“पालिकाका पीडितका लागि संकलन गरेका छन् । उनीहरुले पीडितलाई उक्त रकम उपलब्ध गराएका छन् । रेडियो सद्भावका स्टेशन प्रमुख नविन गिरीका अनुसार, रेडियो १० हजार रुपैया“ जम्मा गरी रेडियो सद्भाव राहत कोष सञ्चालन गरेको र त्यसमा कर्मचारीहरुको एक दिनको तलब प्रदान गरिएको हो । कोषमा निरञ्जन राजभण्डारी, सशि स्वा“र, सुरेन्द्र श्रेष्ठ लगायतले सहयोग रकम जम्मा गरिसकेका छन् ।

 
कोहलपुरमा विभिन्न संस्था सक्रिय–कोहलपुरमा बागेश्वरी यातायात बस व्यवसायी समिति, पानस अटो मोटर्स प्रालि, अटो एशोसियसन बाँके, लियो क्लब अफ कोहलपुर, सुटर क्लबले राहत संकलन तथा वितरण गरेको छ ।
बागेश्वरी यातायात वस व्यवसायी समितिले १ लाख ३० हजार बराबरको पानी, चामल, दाल, अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु बैजापुर पुगेर राप्ती सोनारी गाउ“पालिका अध्यक्ष थारुमार्फत पीडितहरुलाई सहयोग गरेको छ । ६०÷६० हजार रुपैयाँ बराबरको पानी, विस्कुट, भुजा, चिउरा, चाउचाउ र तयारी खाजा लगायत अन्य उपभोग्य खाद्यान्न राहत सहयोग गर्दै श्री पानस अटो मोटर्स प्रा.लि. र कोहलपुर अटो एशोसियसनले पनि सहयोगी हात पीडितलाई राहत सहयोग कार्यमा अगाडी बढाएका छन् । यस अघि सोमबार सुटर क्लब कोहलपुर र लियो क्लब अफ कोहलपुरले संलकन गरेको राहत सामाग्री पीडितलाई हस्तान्तरण गरिसकेका छन् ।

 
यसैबिच साझा समावेशी ब्यवसायी समुह कोहलपुरले बाढी डुवान पीडितहरुको लागि राहत संकलन अभियान संचालन गरेको जनाएको छ । समुहले मंगलबारसम्म संकलन गरेको १ लाख रकम बराबरको सहयोग बैजापुर राप्ती सोनारी गाउ“पालिकाका अध्यक्ष लाहुराम थारुलाई हस्तान्तरण गरेको छ । मंगलबार विष्णुप्रसाद खनालको नेतृत्वमा बाढी प्रभावित क्षेत्रमा पुगेको समुहले गाउ“पालिका अध्यक्ष थारु, ३ नम्बर वडाका वडाध्यक्ष गंगाराम थारु र पूर्व सांसद पट्टु थारुलाई संयुक्त रुपमा राहत सामाग्री हस्तान्तरण गरेको हो ।

 
कपडा जुटाउ“दै बार्दली
बार्दली फाउण्डेसन नेपालगन्ज र लायन्स क्लब इन्नोभेटिभले संयुक्त रुपमा बाढी पीडित सुत्केरी महिलाहरुका लागि न्यानो कपडा संकलन कार्य अगाडी बढाएका छन् । बार्दलीका सचिव ऋचा लुइटेलका अनुसार, जसले जे सक्छ काम लाग्ने कपडा संकलन गरेर पीडित बस्तीमा पुर्याइने छ ।

 
गाउमै राहतको जोहो
बाकेको राप्तीसोनारी अतिप्रभावित गाउ“पालिका हो । त्यहा“को टिकुलिपुर, राजपुर र सम्शेरगन्जका लागि गाउ“मै राहत संकलन सुरु गरिएको छ । साना किसान सहकारी संस्था सम्शेरगन्जले सोमबार टिकुलीपुर र मंगलबार राजपुरका पीडितलाई राहत उपलब्ध गराएको हो । संस्थाका प्रबन्ध निर्देशक हरिश केसीका अनुसार, सञ्चालक समितिका सम्पूर्ण सदस्यहरुस“ग राहत संकलन गरी १ लाख बराबरको चाउचाउ बिस्कुट पीडित परिवार कहा“ पुर्याइएको छ । प्रबन्ध निर्देशक केसीले बुधबार बैजापुरमा पुगेर राहत दिने कार्यक्रम रहेको बताए ।

 
साइकल क्लबको राहत

नेपालगन्ज साइकल क्लबले खजुरागाउ“पालिका–६ गिजराका बाढी पीडित सुत्केरी आमा र तिनका सन्तानहरुका लागि राहत उपलब्ध गराएको जनाएको छ । क्लबका गगन सिंह थापाका अनुसार, मंगलबार गाउ“पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिको उपलस्थितिमा वडाध्यक्ष साबिर अली जोलाहालाई क्लब अध्यक्ष केशर बहादुर आलेले राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया