बर्दिया भुरीगाउँको प्रहरी चौकी बाढीका कारण धासियो

भावुक योगी, बर्दिया, साउन ३१

बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरीगाउँमा रहेको ईलाका प्रहरी कार्यालय भवन बाढीका कारण धासीएको छ । आईतबार स्थानिय खोलानालामा आएको भिषण बाढीका कारण भाडामा रहेको ईलाका प्रहरी कार्यालयको भवन धासीएको हो ।

ठाकुरबाबा नगरपालिका भुरीगाउँको ईलाका प्रहरी कार्यालय द्धन्द्धकालमा बिद्रोही पक्षले भत्काएपछी प्रहरीले घर भाडामा लिएर बस्दै आएको थियो । बाढी आएपछी कार्यालयबाट अधिकांश प्रहरीहरु उद्धारका लागि बाढी प्रभावित गाउँमा खटिएका बेला भुरीगाउँ बजारमा बाढी पसेपछी प्रहरी कार्यालय डुबानमा परेको असई कृष्ण केशीले बताउनुभयो ।

पुरानो संरचनामा बनाईएको भवनमा बाढी पस्दा धासीएको हो । प्रहरी बसेको भवनको अवस्था कमजोर भएको भन्दै जिल्ला प्रहरी कार्यालयलाई अर्को घर भाडामा लिनुपर्ने अवस्था भएको जानकारी गराईएको ईप्रका भुरीगाउँका सई तुल बहादुर सेनले बताउनुभयो ।

प्रहरी बसेको भवन धासीएपछी बस्न जोखिम भएकाले ईलाका प्रहरी कार्यालयका प्रमुखलाई आजै अर्को भवन भाडामा खोज्न आदेश दिईसकेको बर्दियाका प्रहरी उपरिक्षक भरत बहादुर बोहोराले बताउनुभयो ।

प्रहरी बसेको भवनको तल्लो तलाका सबै कोठा चर्किएको र धासीएर खोक्रो भएको छ । प्रहरी चौकीको भवन धासीएपछी प्रहरीहरु जोखिम मोलेर माथिल्लो तालामा बसीरहेका छन । कोही अनेत्र साथीको कोठामा बस्न बाध्य छन ।

बाढीका कारण भुरीगाउँ बजार क्षेत्रका एक सय बढी पसल डुबानमा परेका छन । बजार क्षेत्रमा कम्मर सम्म बाढी रहेको थियो ।

बाढीका कारण बिद्युत सेवा अवरुद्ध हुँदा संचारमाध्ययम पनि बन्द

बर्दियामा बाढी आए संगै सनिवार राति देखि विद्युत सेवा पनि अवरुद्ध भएको छ । विद्युत प्राधिकरण गुलरीयामा समेत बाढी पसेपछी विद्युत सेवा बन्द भएको हो ।

विद्युत सेवा अवरुद्ध हुँदा संचार माध्यम एफ एम रेडियो प्रसारण र दैनिक पत्रिका प्रकाशन पनि बन्द भएको छ । बत्ती नहुँदा अधिकांशका मोबाईल फोन समेत बन्द भएका छन ।

प्रतिक्रिया

प्रतिक्रिया