राहतमा जुट्यो बाके

गत शुक्रबारदेखि बाढीको चपेटोमा परेका बा“केका सर्वसाधारणहरुका लागि राहत संकलनमा जनस्तरबाट पनि पहल सुरु भएको छ । जिल्ला दैवी प्रकोप उद्दार समितिले सरकारी कोषबाट प्रारम्भिक राहत वितरण गर्दै रह“दा जनस्तरबाट पनि सहयोग संकलन सुरु भएको हो ।

 
स्थानीय प्रशासनले राहत संकलन र वितरणमा समस्या आउन नदिन एकद्वार प्रणालीमा जोड दिएको छ । ‘स्थानीय प्रशासनबाट अनुमति लिएर राहत संकलन र वितरणको व्यवस्था गरिएको छ’, जिल्ला दैवी प्रकोप उद्दार समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले दैनिक नेपालगन्जसग भने, ‘विभिन्न ठाउ“बाट आएका अनुरोधहरुलाई सुनुवाई गर्दै प्राथमिकताका ठाउ“ तोकिदिएका छांै ।’

 

 
समितिले नै सोमबारसम्म च्युरा, चाउचाउ, पानी, औषधी लगायतका अत्यावश्यक खाद्यान्न हेलिकप्टरबाट विभिन्न गाउ“मा पुर्याएको जनाएको छ । डुडुवाको होलिया चौफेरी, जानकीको फत्तेपुर सर्रा, देउकी मस्जिद लगायतका बस्तीमा हेलिकप्टरबाट खाद्यान्न सहयोग पुर्याइएको प्रजिअ केसीले जानकारी दिए । उनीहरुलाई त्रिपाल र लत्ताकपडा पनि पुर्याउन खोजिएको छ ।

 

 
बाकेमा बाढीबाट प्रभावित हुनेहरुको प्रारम्भिक तथ्यांक आउने क्रम जारी नै छ । प्रजिअ केसीका अनुसार, सोमबार साझसम्म ६ हजार ७ सय ४७ परिवार बाढीबाट प्रभावित भएको तथ्यांक संकलन भएको छ । ‘२ सय ७२ परिवार पूर्णत विस्थापित अवस्थामा छन्’, प्रजिअ केसीले तथ्यांक संकलन र उद्दार जारी रहेकाले प्रभावितहरुको संख्या बढ्न सक्ने जानकारी दिंदै भने ।

 

स्थानीय स्तरमा स्थानीय तहका प्रतिनिधिहरुले राहत वितरण कार्यलाई अगाडी बढाएका छन् । खजुरा गाउ“पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले उढरापुर लगायतका बाढी प्रभावित ठाउ“मा आफै पुगेर राहत वितरण गरिरहेको बताएका छन् ।
युवा संघ बाँकेको टोली राहत सामग्री सहित बाढीग्रस्त राप्तीसोनारी पुगेर राहत वितरण गरेको युवा संघ बाँकेका अध्यक्ष किशोर थापाले बताएका छन । टोलीले टिकुलीपुरमा राहत वितरण गरेको हो । जिल्ला सहकारी संघ बा“केले जिल्लामा रहेका सबै सहकारी संघ, संस्थाहरुसग राहत संकलन अभियान सुरु गरेको जनाएको छ । संघका अध्यक्ष प्रेम सुवेदीका अनुसार, ५ लाख ५० हजार रुपैयाको राहत कोष स्थापना गरी पीडितहरुलाई सहयोग गर्ने तयारी गरिएको हो । त्यसका लागि सोमबार सम्बद्धहरुसग छलफल गरी ३ लाख ५० हजार रुपैया रकम कोषमा जम्मा गरिसकिएको छ । ‘प्रत्येक सहकारीसग कम्तिमा १० हजार रुपैया सहयोग गर्न आव्हान गरेका छन्’, संघका अध्यक्ष प्रेम सुवेदीले दैनिक नेपालगन्ज सग भने, ‘सबै साथीहरु सहयोगी भावनाका साथ सक्रिय हुनुभएको छ ।’

 
नेपालगन्ज उद्योग वाणिज्य संघले पनि राहत संकलनका लागि कोष स्थापना गर्ने निर्णय गरेको छ । त्यसका लागि मंगलबार बैंक खाता खोलिने अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिए । १ सय प्याकेट तयारी खाद्यान्न सहयोग गरिसकेको संघले सोमबार बेतहनीका लागि ५ सय २० प्याकेट राहत सामाग्री तयार गरेको पनि अध्यक्ष वैश्यले जानकारी दिए ।

 
बि–ग्रुपले जिल्ला दैवी प्रकोप उद्दार समिति मार्फत सोमबार विभिन्न खाद्य सामाग्री सहयोग गरेको जनाएको छ । कार्यकारी अधिकृत गोपालनाथ योगीका अनुसार, ४ सय किलो च्युरा, ४ हजार प्याकेट चाउचाउ, १ हजार दर्जन बिस्कुट, ७५ किलो चिनि र २१ किलो नुन समितिलाई बुझाएको हो ।

 

 
लायन्स क्लब इन्टरनेशन डिष्ट्रिक ३ सय २४ बि २ ले बाके, बर्दिया, दाङ्गमा राहत वितरण सुरु गरिसकेको डिष्ट्रिक गभर्नर मधुसुदन शर्मा रिजालले जानकारी दिए । बाकेमा मंगलबार २ सय ५० परिवारलाई बेतहनीमा स्थानीय तहस“गको समन्वयमा खाद्यान्न सहयोग गर्ने दैवी प्रकोप उद्दार समितिबाट स्वीकृति लिएको शर्माले बताए ।
नेपालगन्ज जेसीजको अगुवाईमा सोमबार विभिन्न आधा दर्जन संघ, संस्थाले संयुक्त रुपमा नेपालगन्जमा राहत संकलन अभियान सुरु गरे । जेसीजका अध्यक्ष विशाल बिक्रम बर्माका अनुसार, राहत संकलनमा ५० जना युवा परिचालित छन् । ‘पहिलो दिन ५० हजार ४ सय ४६ नगद र ठूलो परिणाममा खाद्यान्न, लत्ताकपडा संकलन गरिएको छ’, अध्यक्ष बर्माले भने । जेसीजसगै मेलान, चियर्स क्रियटिभ नेपाल, राइज नेपाल, लियो क्लब नेपालगन्ज र खजुरा लगायतले सहकार्य गरिरहेका छन् ।

 
कोहलपुर उद्योग वाणिज्य संघले पनि राहत संकलन र वितरण कार्यलाई जारी राखेको महासचिव तेज प्रसाद अधिकारीले जानकारी दिए । प्रेस सेन्टर बाकेले ज्ञान नेपाल सगको साझेदारीमा राहत सहयोग गरेको जनाएको छ । सेन्टरका अध्यक्ष डक्ट प्रसाद धितालले सोमबार नै राहत हस्तान्तरण गरिएको जानकारी दिए । पत्रकार महिलाहरुले पनि स्वस्फूर्त बाढी पीडितहरुका लागि पहिलो दिन १२ हजार रुपैया नगद संकलन गरेका छन् । क्रियाशिल पत्रकार महिला समूह बा“केका कार्यवाहक अध्यक्ष अमृत केसीको अगुवाईमा पत्रकार महिलाहरुले तिज खर्च कटौती गरी बाढी पीडितहरुलाई सहयोग गर्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया