क्षतिग्रस्त पूर्व–पश्चिम राजमार्ग कोहलपुर–अगैया सडकखण्डको पुल (तस्वीर र भिडियो)

शुक्रबार देखि परेको अविरल बर्षात्ले पूर्व पश्चिम राजमार्गको कोहलपुर–कुसम खण्डमा पुगेको क्षतिले बन्द राजमार्ग खुलाउन पहल थालिएको छ ।

 

 

नेपालगन्ज उद्योग वाणिज्य संघले त्यसका लागि सरोकारवालाहरुस“ग पहल थालेको हो । दुई दिनसम्म पनि राजमार्ग सुचारु हुने सम्भावना नदेखिएपछि संघका अध्यक्ष नन्दलाल वैश्य, निवर्तमान अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ सहितको टोली राजमार्गका क्षतिग्रस्त ठाउ“हरुको स्थलगत अवलोकन गरी तत्सम्बन्ध निकायलाई राजमार्ग छिटो खुलाउन दबाब दिएका हुन् ।
‘राजमार्ग अझ केही दिन बन्द भयो भने यसको अवसर सोझै नेपालगन्जको जनजीवनमा समेत पर्छ’, संघका निवर्तमान अध्यक्ष श्रेष्ठले दैनिक नेपागन्जस“ग भने, ‘त्यसको शिघ्र पुनः निर्माण वा वैकल्पिक उपाय खोज्न जरुरी
छ ।’

 
राजमार्गको बाके सडकखण्डमा अगैया नजिक गन्धैला पुल क्षतिग्रस्त भएको छ भने गाभरमा पुल नजिक सडक भासिएको छ । त्यसबाहेक पनि राजमार्गमा विभिन्न ठाउ“मा सडकमा क्षति पुगेको छ । ‘सडक डिभिजन, स्थानीय प्रशासन लगायत सरोकारवालाहरुस“ग सोमबार नै सडक खुलाउन निर्माण गर्न ध्यानाकर्षण गराइनेछ’, संघका अध्यक्ष नन्दलाल वैश्यले स्थलगत अवलोकन पछि दैनिक नेपालगन्जस“ग भने, ‘सयौं मालवाहक ट्रकहरु राजमार्गमा अलपत्र परेका छन् ।’ अवरोध हटाउन आवश्यक परे संघले साझेदारी समेत गर्ने अध्यक्ष वैश्यले बताए ।

 

 
स्थलगत अवलोकन कै क्रममा भेटिएका बाके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामाङ्गले अगैया पश्चिमको पुल तत्काल बनाउन सडक विभागका इन्जिनियर सग कुरा भैसकेको जानकारी दिंदै सोमबार देखि सञ्चालनमा ल्याउन प्रतिबद्धता आफुले पाएको बताए । उनले त्यसका लागि प्रहरीले सहकार्य गरिरहेको पनि जानकारी दिए । प्रहरी प्रमुख तामाङ्ग बर्षापछि राप्तीसोनारी गाउ“पालिकामा पुगेको क्षति र सडकको अवस्था अवलोकनमा लागि पुगेका थिए ।

 
यात्रुहरु यातायात साधन नचलेपछि बीचमै रोकिएका छन् भने कतिपय पैदलै हिडेर यातायात भएको स्थानसम्म पुगेका छन् । मालवाहक ट्रकहरु सडकमै लामबद्ध सडक सुचारु हुने अपेक्षामा सडकमै रोकिन बाध्य छन् ।

प्रतिक्रिया

प्रतिक्रिया