बाँकेमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि मानवअधिकार सञ्जाल नेपालगन्जले राहत संकलन गरी जिल्ला दैवी प्रकोप उद्दार समितिलाई बुझाउने निर्णय गरेको छ ।
आइतबार बसेको आयोगको बैठकले गैर सरकारी संस्था महासंघको समन्वयमा राहत संकलनको निर्णय गरेको हो । बैठकले राहत र उद्दारका लागि सरकारी संयन्त्रलाई सहयोग गर्ने निर्णय समेत गरेको छ ।