लम्साल र निर्मोहीलाई क्षेत्रीय प्रतिभा पुरस्कार

नेपाल सरकारले नेपालगन्जका दुई वरिष्ठ स्रष्टालाई यस बर्षको क्षेत्रीय प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
सरकारको सस्कृति, पर्यटन तथा उड्डयान मन्त्रालयले आर्थिक बर्ष २०७३÷०७४ को राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कार घोषणा गर्दै मध्यपश्चिमबाट साहित्यकार पूर्ण चन्द्र लम्साल (सृजन) र कमल विके निर्मोहीलाई पुरस्कार घोषणा गरेको
हो ।

 
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यसबर्षको राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्नेमा तारा नन्दन मिश्र स“स्कृति, हरिहर शर्मा संगीत तथा नाट्य, गोविन्द लाल सिंह ढंगोल ललित कला र डा. सुन्दर कृष्ण जोशी भाषा तथा साहित्य छन् ।
क्षेत्रीय प्रतिभा पुरस्कारमा मध्यपश्चिमबाट सिर्जन लम्साल भाषा साहित्य, कमल कुमार विश्वकर्मा (निर्मोही) संगीत तथा नाट्य, दोर्जे गुरुङ्ग ललितकला र सुश्री बम कुमारी बुढा स“स्कृति विधाबाट सिफारिसमा परेका छन् । गुरुङ्ग हुम्ला र बुढा रोल्पाका हुन् ।

 
५० हजार नगद र सम्मान पत्र सहित पुरस्कृत हुने क्षेत्रीय प्रतिभा पुरस्कार प्राप्त गर्न लागेका लम्साल दैनिक नेपालगन्जमा नियमित लघुकथा प्रकाशन गर्छन् । मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष समेत रहेका लम्सालका ३ वटा निबन्ध संग्रह, २ वटा नियात्रा, एउटा कथा र एउटा कविता संग्रह प्रकाशित छन् ।

 
भेरी साहित्य समाज, वि.विकास साहित्यिक प्रतिष्ठान लगायतका विभिन्न संस्थामा सल्लाहकार रहेका लम्सालले यसअघि दर्जन बढी सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् । २०३५ सालदेखि रेडियो नेपालमा स्वर गुञ्जिन थालेका कमल विके निर्मोहीका सय बढी गीत, संगीत रेकर्डेड छन् ।

 
लोक गायकका रुपमा छवि बनाएका निर्मोहीले भेरी साहित्य समाज, नेपालगन्ज उपमहानगरपालिका लगायतले सम्मानित गरिसकेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया