बजेट योजनामा नेपालगन्ज उपमहानगर

जनप्रतिनिधिको वहालीपछि नेपालगन्ज उपमहानगरपालिकाले करको दर र दायरामा व्यापक परिवर्तन गर्ने भएको छ । त्यसका लागि राजश्व परामर्श समितिको बैठक निरन्तर चार दिनदेखि चलिरहेको छ ।

 
‘निकै पुरानो निर्णय अनुसारको दररेटमा नेपालगन्जको कर असुली भैरहेको रहेछ’, राजश्व परामर्श समितिका संयोजक, नगर उपप्रमुख उमा थापामगरले दैनिक नेपालगन्ज सग भनिन्, ‘व्यापक परिमार्जन आवश्यक देखिएको छ ।’ नेपालगन्जको आगामी कर नीति के हुने भन्ने बारे समितिले निरन्तर छलफल चलाइरहेको जानकारी दिंदै संयोजक थापामगरले पछिल्लो नगर परिषद्ले पारित गरेको नीतिलाई पनि आधार बनाइएको बताइन् ।

 
‘त्यसका लागि नेपालगन्ज उद्योग वाणिज्य संघ सग पनि आवश्यक परामर्श लिइएको छ’, नगर उपप्रमुख समेत रहेकी थापा मगरले भनिन् । ‘निकै पुराना करका दररेट रिभ्यु भैरहेको छ’, उपप्रमुख थापा मगरले नया–नया शिर्षकमा करका सम्भावनाको खोजी भैरहेको जानकारी दिंदै भनिन्, ‘नीति नियम सगै सम्भावनाको खोजीमा हामीहरु केन्द्रित छौं ।’ उनले नगरको समग्र विकासका लागि आन्तरिक आयस्रोत बलियो हुनुपर्ने तर्क राख्दै भनिन्, ‘त्यसका लागि नगरबासीहरु इमान्दार भएर करको दायरामा आइदिनुपर्छ ।’

 
उपप्रमुख थापा मगरका अनुसार, जनताका दैनुन्दिनका आवश्यकतामा कर बढाउने योजना बनाइएको छैन । ‘सकभर करको दायरामा नआएका व्यवसायिक क्षेत्रलाई अध्ययन गरिरहेका छौं’, उनले भनिन्, ‘विकासका सबै अपेक्षालाई सम्बोधन गर्न आर्थिक रुपमा उपमहानगरपालिका सक्षम हुनुपर्छ ।’ नगरको स्रोत वितरणमा पनि नया मापदण्डको व्यवस्था गर्न लागिएको उपप्रमुख थापामगरको भनाइ छ । ‘कर असुली प्रक्रियालाई वडा स्तरमा जिम्मेवारी दिन खोज्दैछौं’, उनले आफ्नो योजना बारे भनिन्, ‘त्यसो भयो भने जुन वडाबाट कर असुली बढी हुन्छ स्वभाविक रुपले वितरणमा पनि त्यो वडाको अधिकार बढी हुन्छ ।’ उपप्रमुख थापा मगरले वडालाई बलियो बनाउदै अगाडी बढ्ने आफ्नो आर्थिक नीति सुनाइन् ।

 
नगरसभाको तयारीमा रहेको उमहानगरपालिकाले त्यसअघि विभिन्न समितिका बैठक, छलफलहरु चलाइरहेको छ ।
नेपालगन्ज उपमहा–नगरपालिकाका कार्यकारी अधिकृत भीम बहादुर कुवरका अनुसार, पूर्व निर्धारित समयमै नगरसभा गर्न आवश्यक तयारीहरु भैरहेको छ । ‘अघिल्ला बर्ष असुली भएका आन्तरिक राजश्वका आधारमा आन्तरिक आयको अनुमानित बजेट निर्धारण गरिनेछ’, कार्यकारी अधिकृत कु“वरले दैनिक नेपालगन्ज सग भने, ‘त्यसका लागि करको दररेटमा सामान्य संशोधन र दायरालाई फराकिलो पार्ने योजना छ ।’ कार्यकारी अधिकृत राजश्व समितिको सदस्य रहने व्यवस्था छ । समितिमा राजश्व फा“टका प्रमुख भुपति खत्री सदस्य सचिव छन् ।

 
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, वडाध्यक्ष विन्दु भुषण बस्नेत, कार्यपालिका सदस्य इन्दिरा शाही राजश्व परामर्श समितिमा सदस्य छन् ।

प्रतिक्रिया

प्रतिक्रिया