गुरुयोजना ‘गन्तव्य गाभर’

बाकेको कोहलपुर नगरपालिकास“ग जोडिएको पर्यापर्यटकीय गन्तव्य गाभर ‘मिनि भ्याली’को विस्तृत विकास गरिने भएको छ । त्यसका लागि करिव २० विघाको क्षेत्रफल ओगटिने गरी पर्यटकीय गन्तव्यका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण प्रयास थालिएको हो ।

 
‘पर्यटन बोर्ड तारागाउ विकास समिति र मुख्य राजनीतिक दलका पर्यटन विभागका प्रमुखहरुस“ग गुरु योजनाबारे छलफल सुरु गरेका छौं’, चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भीम केसी सहितको टोली त्यसका लागि सक्रिय रहेको जानकारी दिंदै गाभर क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका सचिव कृष्णलाल चौधरीले भने ।
गाभरको पर्यटकीय गुरुयोजना बारे दैनिक नेपालगन्जले प्रश्न गरिरहदा पर्यटन व्यवसायी समेत रहेका सचिव चौधरी राजधानी काठमाडौंमा नेकपा एमालेका पार्टी केन्द्रीय पर्यटन विभाग प्रमुख सुर्य थापा सहितका पदाधिकारीहरुसग योजना पस्कदै थिए । ‘पश्चिम क्षेत्रकै पर्यापर्यटकीय गन्तव्यको महत्वपूर्ण आधारका रुपमा गाभर भ्यालीलाई विकास गर्न सकिन्छ’, एमाले केन्द्रीय पर्यटन विभाग प्रमुख थापाले गाभरको गुरुयोजना सुनेपछि भने । थापाले प्रदेश नं. ५ को पर्यापर्यटकीय गन्तव्यको प्रमुख आकर्षणका रुपमा गाभरलाई विकास गर्न सकिने बताए ।

 

समितिले प्राविधिक टोलीको संलग्नतामा गाभर मिनि भ्यालीको पर्यटकीय सम्भावना समेट्ने गरी भौतिक पूर्वाधार निर्माणका लागि गुरु योजना निर्माण गरेको छ । ‘समितिको भावनालाई प्रतिविम्वित हुनेगरी गुरु योजना बनाइएको छ’, पञ्चकोशी इन्जिनियरिङ्ग सोलुशन प्रा.लि.का प्रबन्ध निर्देशक कर्ण कार्कीले भने । इन्जिनियर कार्कीका अनुसार, दुई बर्षमा पूरा गर्न सकिने गुरुयोजना कार्यान्वयनका लागि २० करोड लागत अनुमान गरिएको छ ।

 
चुरे पहाडको आकर्षण, खोला नालाको सुन्दरता, रैथाने बोटविरुवाको संरक्षण सहितको योजनालाई समितिले अन्तिम रुप दिएको हो । ‘बाँके राष्ट्रिय निकुञ्जको नक्सा सहितको दृश्याकंन, स्वीमिङ पुल, संरक्षित बन्यजन्तुहरुको प्रतिमाहरु सहितको गुरुयोजना बनाइएको छ’, समितिका सचिव चौधरीले दैनिक नेपालगन्जस“ग भने, ‘यसअघिको लायन्स गाभर पार्कलाई नै बिस्तार गरी बृहत गुरुयोजना बनाइएको हो ।’ इन्जिनियर कार्कीका अनुसार, उद्यानभित्र पक्की संरचना बन्ने
छैनन् । ‘१ हजार २ सय मिटर पर्खाल, भ्यू टावर, बोटिङ्ग, पोखरी, छुट्टाछुट्टै बगैचा, कटेजहरु निर्माण गरिनेछ’, उनले भने । जैविक अवधारणामा निर्माण भइरहेको पार्कमा प्राकृतिक र साँस्कृतिक झझल्को आउने गरी संरचना बन्ने चौधरीको भनाइ छ । ती संरचनाहरु बास, काठ र फुसले निर्मित हुनेछन् ।

 
गुरुयोजना भित्र स्थानीयस्तरमा रहेको खोला नालाहरुको नमूना पार्क प्रस्ताव गरिएको छ । ‘मानखोला, जेठीनाला खोलाको सांकेतिक झलक पार्कमा हेर्न पाइने छ’, चौधरीले भने । उनका अनुसार, चुरे पहाडको संरक्षणका लागि चुरे पहाडको सांकेतिक झल्को समेत पार्क भित्र दिइने छ ।

 
समितिका अनुसार, लल्लरे, भालुखोला, स्यालमारे लगायतको चुरेलेक बनाउने, बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइने बन्यजन्तुहरु बाघ, हात्ती, चौकाको प्रतिमाहरु बनाइने छ । ‘पार्कमा जनावर संसार र पंक्षी संसार खण्ड रहने छन् । बन्यजन्तु र पंक्षीको चिडियाघर हुनेछ । बन्यजन्तुका बारेमा जानकारी लिन र निकुञ्जको अवलोकन गर्नका लगि यसले थप हौसला प्रदान गर्नेछ । पार्कभित्र योगा पार्क रहनेछ’, सचिव चौधरीले गुरुयोजना सुनाउदै भने, ‘पर्यापर्यटनको दृष्टिले गाभर भ्याली पश्चिम नेपालकै एउटा उत्कृष्ट गन्तव्य बन्नेछ ।’ त्यसका लागि आवश्यक सहयोग जुटाउन आफुहरु यतिबेला काठमाडौंमा केन्द्रित रहेको उनले जानकारी दिए ।

 
‘पार्कभित्र स्वीमिङ्ग पुल र बाल उद्यान हुनेछ । बैजनाथ गाउँपालिका र कोहलपुर क्षेत्रलाई लक्षित गरी २ विघा क्षेत्रफलमा योगा पार्क बनाउने तयारी छ’, डिजाइनर इन्जिनियर कार्कीले भने । हरियाली, शान्त र मनमोहक उद्यान बैजना गाउँपालिकाको शान भनि परिचित गराउन अग्रसर भएको गाभर भ्याली सामुदायिक होमस्टे ब्यवस्थापन समितिका उपाध्यक्ष गंगादत्त जैशीले बताए । गाभर क्षेत्रमा भएको पर्यापर्यटन अभियानले बाँके जिल्लाको प्रमुख पर्यापर्यटकीय हब बन्ने निश्चित भएको भन्दै गाउँपालिकाको वडा नं. १ लाई नै पर्यापर्यटकीय क्षेत्र बनाउने बैजनाथ गाउँपालिका वडा नं. १ का अध्यक्ष रुपबहादुर मल्लको भनाइ छ । ‘वडाध्यक्षले गाभरलाई प्राथमिकतामा राखेर योजना बनाउनु भएको छ’, समितिका सचिव चौधरीले भने ।


गाभर क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका सचिव चौधरी भन्छन्, ‘गाभर क्षेत्र जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका साथै साझा सम्पत्तिका रुपमा विकसित भइरहेको अवस्थामा गाभर क्षेत्रले जैविक विविधता र संस्कृति संवद्र्धनमा प्रमूख भूमिका निर्वाह गरेको छ ।’ सचिव चौधरीले गाभर क्षेत्रले सम्वृद्ध बैजनाथ बनाउने कुरामा ध्यान दिइनुपर्ने बताए । बैजनाथ गाउपालिकाका अध्यक्ष मान बहादुर रुचालले गाउ“पालिका भित्र वडा नं. १ को गाभर र ४ को बोरिङ्ग बस्तीलाई पर्यापर्यटकीय दृष्टिले विकास गर्ने लक्ष्य राखिएको बताए । ‘गुरुयोजना म कहा आइसकेको छैन तर, हामीले गाभरलाई विशेष प्राथमिकतामा राखेका छौं’, अध्यक्ष रुचालले दैनिक नेपालगन्जसग भने, ‘त्यसस“गै बोरिङ्ग बस्तीमा पिकनिक पार्क र निकुञ्ज लाई लक्षित गरेर हात्तीसारको सम्भावना अध्ययन गर्दैछौं ।’

 
‘गाभर क्षेत्र गाउँपालिकाको गहना भएकाले यसको मलजल गरी समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक समृद्धिका लागि वडा समितिले पहल गर्ने प्रतिबद्धता वडाध्यक्ष मल्लबाट प्राप्त भएको छ’, चौधरीले भने । उनले पार्कको गुरुयोजना सँगसँगै गाभर क्षेत्रमा अष्ट्रिज फर्म, शिवशिखर कृषि अनुसन्धान केन्द्र, भ्याली एग्रो फर्म (च्याउ खेती) गाभर भ्याली सामुदायिक होमस्टे लगायत गतिबिधिले आकर्षण बढाएको बताए ।

 

बाघ संरक्षणकै उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी, हात्ती सफारी लगायत गतिविधिले थप पर्यटकहरुलाई आकर्षण गर्न सकिने भएकाले समुदायका अगुवाहरु पनि अग्रसर भएको चौधरीको भनाइ छ । ‘गाभरदेखि मुगुको रारा सम्मलाई लिंक गर्न खोजिएको छ’, सचिव चौधरीले दीर्घकालीन योजना सुनाउदै भने, ‘यसका लागि तारागाउ विकास समितिले अध्ययन गर्ने प्रतिबद्धता पनि जनाइसकेको छ ।’ समग्र गाभरको विकासका लागि चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भीम केसी पनि सक्रिय रहेको चौधरीले जानकारी दिए ।

 

प्रतिक्रिया

प्रतिक्रिया