नेपालगन्जका युवाहरुको एउटा समूहले वातावरण जोगाउन प्लाष्टिक झोला विरुद्धको सचेतना अभियानलाई तिव्रता दिएका छन् । अभियानको दोस्रो दिन शनिबार नेपालगन्ज विभिन्न चोक, चौराहाहरु पुगेर युवाहरुले आकर्षक ढंगले सचेतना अभियान चलाएका हुन् ।
राष्ट्रिय स्वयंसेवक समूहमा जोडिएका युवाहरुले हिमालयन क्लाइमेट इनिसियटिभको पहलमा प्लाष्टिक विरुद्ध सचेतनाका लागि सक्रियता देखाएका छन् । उनीहरुले शनिबार जमुनाह नाका, त्रिभुवन चोक, त्रिवेणीमोड र सेतु विक चोकमा सचेतना कार्यक्रम गरेका हुन् । ‘बागेश्वरी क्यु एफएक्समा धेरै सर्वसाधारणमाझ कार्यक्रम गरियो’, हिमालय क्लाइमेट इनिसियभिका अवधराज शर्माले दैनिक नेपालगन्जसग भने, ‘बागेश्वरी मन्दिरमा भने कार्यक्रम गर्न खोज्दा ध्यान भंग हुने भन्दै रोक्नुपर्यो ।’
युवाहरुले प्लाष्टिक झोलाको विकल्पका लागि पनि विभिन्न संघ, संस्थाहरुसग सहकार्य गरिरहेको बताएका छन् । ‘पर्दैन ! म सग आफ्नो झोला छ’, उनीहरुले प्लाष्टिक झोला प्रयोग रोक्न अपिल गर्दै कपडा वा कागजको झोला बोक्न प्रोत्साहन
गरिरहेका छन् ।