जिल्ला समन्वय समिती बाँकेको निर्वाचन साउन २५ मा

 

 

नेपालगन्जन्यूज । जिल्ला समन्वय समिति बाँकेको निर्वाचन आगामी साउन २५ मा हुने भएको छ । बाँकेका मुख्य निर्वाचन अधिकृत तेज नारायण पौडेलका अनुसार मतदाता नामावली प्रकाशन देखि मतदाताको अन्तिम नामावली प्रकाशन साउन १६ गते, उम्मेदवारको नामावली दर्ताका लागि साउन १९ गते कार्यक्रम तय गारिएको छ । यसै गरी उम्मेदवारहरुले नाम फिर्ताका लागि साउन २० को १२ बजेसम्मको समय तोकिएको छ ।

साउन २० मा नै उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
यस भन्दा अगाढि आइतबार सम्पन्न भएको बाँकेको जिल्ला सभाले ९ सदस्यीय जिल्ला समन्वय समिति रहने निर्णय गरेको थियो । ९ सदस्यीय समितिमा १ प्रमुख, १ उपप्रमुख र बाँकि ७ सदस्य रहने जानकारी मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले दिएका छन् । ७ सदस्य मध्ये १ दलित तथा अल्पसंख्यक, ६ महिला र ३ अन्य बाट निर्वाचित हुने छन् ।
जिल्ला समन्वय समितिमा उम्मेदवार बन्नका लागि गाउँपालिका तथा नगरपालिकाको गाउँ नगर सभाको सदस्य हुनुपर्ने व्यवस्था रहेको छ ।
यसैगरी जिल्ला समन्वय समितिको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने छन् ।
बाँकेमा १ नगरपालिका मेयर, ३ गाउँपालिका अध्यक्ष र ३ गाउँपालिका उपाध्यक्ष सहित ७ स्थानमा एमालेले जीतेको थियो । कांग्रेसले २ उपमेयर, २ गाउँपालिका अध्यक्ष र २ गाउँपालिका उपाध्यक्ष सहित ६ स्थानमा जीत हात पारेको छ । यसैगरी संघीय फोरमले नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जीत हात पारेको छ भने राप्रपाले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा जीतेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया