नेपालगन्जमा घण्टाघर बनाउने तयारी

देबेन्द्र राज पौडेल

नेपालगन्जमा सर्वसाधारणहरुका लागि समेत समय सूचक दिने घण्टाघर बन्ने निश्चित भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्नो स्थापनाको ५०औं बर्षलाई स्मरणीय बनाउन ‘उद्योग स्तम्भ’ सगै घण्टाघर बनाउन लागेको हो । ‘त्यसका लागि चोकको खोजीमा थियौं’, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले दैनिक नेपालगन्जसग भने, ‘नेपालगन्ज उपमहानगरपालिकाले कारकादो चोकमा घण्टाघर स्थापनाका लागि स्वीकृति दिएपछि हाम्रो अभियान सफल भएको छ ।’

 
नेपालगन्ज उद्योग वाणिज्य संघ स्थापनाको ५० बर्ष पूरा हुदैछ । २५औं र २६ आंै साधारणसभालाई एकसाथ स्थापना दिवससगै आयोजना गर्ने तयारीमा लागेको संघले दिवसलाई ‘ऐतिहासिक र यादगार’ बनाउन उद्योग स्तम्भ सगै घण्टाघर बनाउन लागेको अध्यक्ष वैश्यले जानकारी दिए । ‘उपमहानगरपालिकाको स्वीकृतिसगै निर्माण कार्यका लागि कसरत सुरु भैसकेको छ’, अध्यक्ष वैश्यले नक्सा तयार भैसकेको जानकारी गराउदै भने, ‘प्रारम्भिक लगानीको इष्टिमेटसगै २५ लाख रुपैया सहयोग पनि जुटिसकेको छ ।’

 

बिहीबार उप–महानगरपालिकाले संघलाई कारकादो चोकमा घण्टाघर निर्माणका लागि स्वीकृतिको निर्णय गर्दै निर्माण कार्य सुरु गर्न ‘नो अब्जेक्सन लेटर’ दिने दिने सहमति गरेको थियो । ‘आइतबार नो अब्जेक्सन लेटर बुझेपछि काम सुरु हुन्छ’, वैश्यले भने ।

प्रतिक्रिया

प्रतिक्रिया