गाउमा बैंक जादा समृद्धिको ढोका खुल्छ

नेपाल राष्ट्र बैंकको अहिले देश भर ७ कार्यालय रहेको छ । देश संघीयतामा गैसकेको छ । अहिलेको प्रदेश ६ बाहेकका प्रदेशहरुमा राष्ट्र बैंकको कार्यालयहरु रहेको छ ।

राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार, ऋण व्यवस्थापक र बैंकर हो । अहिले संघीयतामा बैंकको कार्यदेश के हुने भन्ने छलफल कै चरणमा रहेको छ ।

केन्द्रीय बैंकको मुख्य काम मौद्रिक नीति बनाउनु हो । नेपालगन्ज शाखाले मध्यपश्चिमका १३ जिल्लाहरु
(राप्तीका प्युठान र रोल्पा) बाहेक कार्यक्षेत्र हो । नेपालगन्ज कार्यालयको मुख्य काम मनी सप्लाइ हो । मनी सप्लाइ भनेको नोटहरुको अभाव हुन नदिनु हो ।

कठिन भूगोल र मौद्रिकृत नभइसकेको तुलनात्मक रुपमा धेरै गरीबीको संख्यामा रहेको कर्णाली र पश्चिम पहाडका क्षेत्रहरुको बैकिङ्ग गतिविधिहरु लाई हामीले हेर्नुपर्छ ।

यसैगरी भारु व्यवस्थापन पनि अर्को कार्य हो । हरेक दिन नेपालगन्ज कार्यालयबाट औसत ५ देखि ७ लाख भारु नोट सटही हुने गर्छ । अझ कहिले काहि त यो भोल्यूम बढेर १० लाख सम्म पुग्ने गर्छ । यो दैनिक उपभोग्य सामानको खरिद, भारत भ्रमण लगायतका लागि मात्र हो ।
नेपालगन्ज शाखाले यस क्षेत्रको आर्थिक गतिविधीहरुका बारेमा अध्ययन गर्ने र त्यसलाई केन्द्रीय कार्यालयमा सिफारिस गर्ने काम पनि गर्ने गर्छौ । हामी यहाँ कुल ग्राहस्थ उत्पादन, प्राकृतिक श्रोत, सेवा व्यवसायहरुको अध्ययन गर्ने लगायतका यस क्षेत्रका आर्थिक गतिविधिसंग सम्वन्धित विषयहरुमा अध्ययन गर्ने गर्छौ ।
राष्ट्र बैंक नेपालगन्जले सल्यानको अदुवा खेती अध्ययन, मध्यपश्चिमको जडिबुटिको अध्ययन र नेपालगन्जका होटलहरुको अवस्थालाई अध्ययन गरी प्रतिवेदन तयार गरेको छ । अहिले देशमा संघीयता लागु भएको छ । यस अनुसार धेरै अधिकारहरु स्थानीय तहमा जाँदैछ । अधिकारहरु मात्र गएर भएन । अहिले पनि धेरै जिल्लाहरु नै आर्थिक रुपमा स्वनिर्भर छैनन् ।
नेपालगन्ज रहेर काम गरेको अनुभवका आधारमा भन्न सकिन्छ कि आर्थिक सम्भावनाहरुलाई अझ उजिल्याउनका लागि बैंकहरु आवश्यक छन् । अहिले बजेट मै पनि एक स्थानीय तहमा एक बैंक हुनै पर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको मौद्रिक नीतिले पनि बैंकहरुलाई गाउँमा जाने वातावरण बनाउन उत्प्रेरित गर्ने नीति लिएको छ ।

बैंकहरु गयो भने आर्थिक गतिविधि गाउँ केन्द्रित हुने छन् । किसानहरुले ऋण पाउन सक्ने भए । साना तथा घरेलु उद्योगहरु खुल्ने भए । यसले रोजगारी सिर्जना गर्छ । फेरी बैंकमा जम्मा हुने रकमले औपचारिक आर्थिक व्यवहार हुने गर्छ । बैंकम पैसा डिपोजिट हुने वित्तिकै उद्योग धन्दामा बैंकले लगानी गर्ने अवसर पाउँछ । जब उद्योग खुल्छन् । पेशा व्यवसायहरु गर्नका लागि पैसाको चिन्ता गरिरहनु परेन । यसले स्वाभाविक रुपमा रोजगारी वृृद्धि गर्छ । आर्थिक गतिविधिहरु भनेका पोखरीमा ढुंगा हान्नु जस्तै हो समुदायका लागि । एउटा ढुंगा हान्ने वित्तिकै सारा पोखरीमा छाल आउँछ, आर्थिक गतिविधिहरुले पनि त्यस्तै गर्दछ । हामी भन्न सक्छौं बैंकहरुको आगमनले हुने आर्थिक गतिविधिका कारण समाजमा चक्रिय प्रभाव पर्दछ । एउटा अवधारणा नै छ बैंक संगसंगै विकास पनि आउने गर्छ ।

 

सम्वृद्धिका लागि अर्थतन्त्र बढ्नु आवश्यक छ । यो इन्जिन हो । र, बैंकहरु भनेका ती इन्जिनका महत्वपुर्ण पाटपुर्जा
हुन् । यसर्थ बैंकहरु गाउँ जाने कुरालाई मैले सम्वृद्धि गाउँ पसेको सकारात्मक सूचकका रुपमा लिएको छु ।
बैंकहरु अहिले सम्म किन गएनन् अहिले सम्म बैंकहरुले गाउँमा शाखा किन खोलेनन् भन्ने प्रश्न यदाकदा सुनिन्छ । खासमा कुरा चाहि के हो भने बैंक सम्बेदनशील संस्था हो । उसले पैसाको प्रत्यक्ष कारोबार गर्छ । यसमा सुरक्षा महत्वपुर्ण पक्ष हो । यसैगरी बैंकले हिसाब हरेक दिन नै राख्नुपर्छ । यसका लागि सूचना संयन्त्र चुस्त हुनुपर्यो । यो भरोसायोग्य विद्युत विना सम्भव छैन ।
यसैले बैंक जानका लागि सडक, सुरक्षा र विद्युतको व्यवस्था हुन जरुरी छ । र यी पुर्वाधारमा प्रभावकारी लगानी गर्नका लागि आर्थिक नीति अनुसारको हुनु पर्छ । मौद्रिक नीति र आर्थिक नीति संगसंगै हिड्यो भने बैंकले गाउँबाट सेवा दिन सम्भव रहेको छ ।
आर्थिक हब नेपालगन्ज

नेपालगन्ज आएको एक बर्ष भयो । यस अवधिमा हामीले नेपालगन्जलाई आर्थिक हबका रुपमा विकास गर्न सकिने धेरै सम्भावना देखिएको छ । यहाँको आर्थिक सम्भावनाको क्षेत्रका रुपमा कृषि, औद्योगिक, होटल व्यवसाय, जडिबुटी हुन् । भेरी बबई डाइभर्सन र सिक्टा सिंचाइले बाँकेका किसानहरुलाई थप कृषि उत्पादनमा सहयोग गर्ने छ ।
यसैगरी भारतसंग सीमाना जोडिएकोले कच्चा पदार्थ निकासी र पैठारीमा समेत सहयोग पुग्ने भएकोले यहाँको उद्योगधन्दाको सम्भावना रहेको छ । मानसरोवर यात्रा तथा कर्णालीको पर्यटकीय स्थलहरुका कारण भारतीय पर्यटकहरुको इन्टि प्वाइन्टका रुपमा नेपालगन्ज विकसित हुन सक्दछ । राष्ट्र बैंकले गरेको अध्ययनले समेत नेपालगन्जमा सेवा उद्योगहरुको सम्भाव्यता रहेको तथ्य औल्याएको थियो ।
जडिबुटिमा कर्णाली धनी छ । बार्षिक रुपमा करिब ६८ हजार केजि जडिबुटि उत्पादन हुन्छ । यसको प्रशोधनका लागि नेपालगन्ज एकदम उपर्युक्त स्थल हो । यो आर्थिक हब हुने अर्को सम्भाव्य क्षेत्र हो ।

(नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक गुरु प्रसाद पौडेलसगको कुराकानीमा आधारित)

प्रतिक्रिया

प्रतिक्रिया