विष्णु पौडेल भन्छन्, एमालेका जनप्रतिनिधी सक्षम हुनुपर्छ

 

 

 प्रदेश राजधानीका बारेमा बोलीहाल्ने बेला भएकाे छैन । 

नेपालगन्जन्यूज । नेकपा एमालेका उपमहासचिव तथा प्रदेश ५ का प्रमुख विष्णु पौडेलले एमालेका जनप्रतिनिधीहरु सक्षम र इमान्दार हुनुपर्ने बताएका छन् । नेपालगन्जन्यूजका किरण ढकाल र सुरेन्द्रदीप कार्कीसंग विशेष कुराकानी गर्दै उनले सक्षम जनप्रतिनिधीका रुपमा खरो उतार्नका लागि अभिमुखिकरण कार्यक्रम गरिएको बताए ।

उनले भने, स्थानीय तहमा विजयी जनप्रतिनीधिहरुलाई पार्टीका नीति, विचार दृष्टिकोणका आधारमा प्रशिक्षित गर्ने बताए ।  जनप्रतिनिधीहरुले जनताको अपेक्षालाई पुरा गर्नुपर्छ ।

कसरी जीत सम्भव भयो ? महत्वकांक्षी छ एमालेको घोषणापत्र ? 

यो चुनावमा एमालेको अजेण्डाले जीत हासिल गरेको छ । एमालेको चुस्त संगठनका कारण समेत जीत सम्भव रहयो । अर्को कुरा एमालेले जनताको सेवामा काम गरेको थियो यसकारण जीत भयो । यो जीतलाई निरन्तरता दिन जनप्रतिनिधीहरुले असल र पारदर्शी भएर काम गर्नु आवश्यक छ ।
एमालेले धेरै ललीपप बाढ्यो, एमालेको घोषणापत्र महत्वकांक्षी छ भनेर विपक्षीले लगाउने आरोपका सन्दर्भमा उनले प्रतिप्रश्न गर्दै भने, पहिलो कुरा, सपना नदेख्नेले कसरी विकास गर्छ ? आंकाक्षी नै नभएकाले कसरी मूलुकको नेतृत्व गर्न सक्छन् ? यो देशलाई यो ठाउँमा पुरयाउछु भन्ने सोच्न पनि सक्दैन त्यसले गर्छ के ?

पौडेलले थपे, जनताको आकांक्षा सम्वृद्ध देश बनाउने छ । यो अहिलेको आवश्यकता हो । हाम्रा अजेण्डा यसैको आधार तय गर्न हो ।

यसलाई नबुझ्ने अबुझहरु हाम्रा अजेण्डालाई महत्वकांक्षी भन्छन् । जोसंग तत्परता छैन र उत्सुकता छैन तिनले महत्वकांक्षी भन्छन् ।
एमाले घोषणापत्रलाई हुबहु क्रियान्वयन गर्न प्रतिवद्ध रहेको छ ।
अभिमूखिकरण कार्यक्रम किन ?
डे वानदेखि नै जनप्रतिनिधीहरुले राम्रो काम गर्न सकुन् भनेर अभिमुखिकरण आयोजना गरिएको हो ।

जनप्रतिनिधीलाई टिप्स
जनप्रतिनिधिले पहिलो कुरा स्थानीय तहको नेतृत्व गर्ने जनप्रतिनिधीहरुले संविधान र कानूनले दिएको अधिकारलाई प्रभावकारी रुपले प्रयोग गर्नु पर्यो ।

जनताको आकांक्षाको सम्बोधन गर्नुपर्यो । आफ्नो टोल, बस्ती र स्थानीय तहमा राम्रोसंग विकास निर्माण हुनुपर्यो ।
दोश्रो कुरा, पारदर्शी र लोकतान्त्रिक हुनुपर्यो । जवाफदेही र जनताले रुचाउने जनशैली हुनु पर्यो ।
तेश्रो कुरा, नेकपा एमालेका प्रतिनिधीहरुले जितेका कारणले विकास भयो । यस कारणले शुसासन भयो भनेर जनताले थाहा पाउनु पर्यो । एमालेले जितेको कारणले भ्रष्टाचार भएन भन्ने सन्देश जनजनमा पुरयाउनु पर्यो ।
प्रदेश चुनाव र प्रदेश राजधानी
के यो प्रदेश चुनावको तयारी हो ? भन्ने प्रश्नमा उनले भने यसले पक्कै पनि प्रकारान्तरमा प्रदेश चुनावलाई सहयोग गर्छ ।

आसन्न प्रदेश चुनावको मुख्य मुद्दा रहेको प्रदेशको राजधानीका बारेमा सोधिएको जिज्ञासामा उनले अहिले नै प्रदेश राजधानीका बारेमा बोलीहाल्ने बेला नभएको बताए ।
स्थानीय तहका चुनावका बेला प्रदेश राजधानीका कुरा साथीहरुले उठाउनुभएको छ । यसलाई मैले स्वभाविक लिएको छु ।

मैले बुटवलका साथीहरुले बुटवल, दांगकाले दांग र नेपालगन्जकाले नेपालगन्ज भनेको सुने ।

प्रदेशको राजधानी स्थापनाका लागि निश्चित मापदण्ड हुनु पर्ने र यो प्रदेश सभाको बहुमतले निर्णय गर्ने हुनाले अहिले भन्दा उपर्युक्त नहुने बताए ।
सीमांकन र प्रदेश ५
प्रदेश ५ बाट पहाड र तराईलाई टुक्रा पार्ने कुरा छलफलयोग्य विषय नरहेको उनले भने । अगाढि थपे, हामीलाई टुक्रा पार्न सम्भव छ । तर प्रदेश टुक्रा गर्न दिदैनौं ।

प्रतिक्रिया

प्रतिक्रिया