बाँकेमा हरेक दिन १७ जनाले लिन्छन नागरिकता

 

बैवांहिक अंगीकृत लिने करिब ८ हजार

नेपालगन्जन्यूज । बाँकेमा हरेक दिन करिब १७ जनाले नागरिकता लिने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
आर्थिक वर्ष २०७०।०७१ को शुरु देखि २०७३ असार मसान्तसम्मको तथ्यांक अनुसार, विगत तिन बर्षमा बाँकेका १७ हजार ६ सय ६ जनाले बंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् ।
यसै गरी बैवाहिक अंगिकृत १ हजार ६० ले र प्रमुख जिल्ला अधिकारीबाट ३ अंगीकृत नागरिकता वितरण भएको तथ्यांक गृह मन्त्रालय नागरिकता तथा हातहतियार शाखाले उपलब्ध गराएको छ ।

यस अवधिमा देश भरबाट १० लाख ६२ हजार १ सय ९७ ले बंशज नागरिकता, १९ हजार ३ सय ८२ ले अंगीकृत नागरिकता, जन्मको आधारमा ८ सय ११ ले तथा प्रजिअबाट वितरण हुने अंगिकृत १ सय ७९ रहेको छ ।

 

 

 

 

 

 

 

 

 

यसैगरी शुरु देखि २०७० को असार मसान्तसम्म बाँकेमा २ लाख ५३ हजार ८ सय १६ ले बंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । जन्मका आधारमा नागरिकता प्राप्त गर्नेको संख्या ८ हजार ४ सय ७ रहेको छ ।
बैवाहिक अंगीकृत ६ हजार ८ सय १७ ले लिएका छन् भने घुम्ती अंगीकृत २०७ र प्रजिअबाट वितरण हुने अंगीकृत नागरिकता पाउनेको संख्या २ रहेको नागरिकता तथा हातहतियार शाखाले जनाएको छ ।

यसै अवधिमा नेपाल भरिबाट १ करोड ८६ लाख ५ सय ९८ ले बंशजको आधारमा नागरिकता लिएका छन् । जन्मका आधारमा २लाख ३५ हजार ४ सय ४६ले नागरिकता प्राप्त गरेका छन् । यसैगरी बैवाहिक अंगीकृत पाउनेको संख्या जम्मा ३ लाख ४४ हजार ६ सय ७१ रहेको छ । घुम्ती अंगीकृत ७ हजार ८ सय ६३ ले पाए भने प्रजिअले ८०८ जनालाई अंगीकृत नागरिकता वितरण गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया