फाेटाे कथा ः हेराैं बाँकेकाे जनजीवन

विशाल राना मगर

बाँकेकाे नरैनापुर देखि डुडुवा र गनापुरमा ले खिचेका तस्वीरहरूले त्यहाँकाे जनजीवनलार्इ नजिकबाट हेर्ने र बुझ्न सकिन्छ । 
 १. जीर्ण छोटी भन्सार  
बाँकेको राप्तीपारी क्षेत्रमा पर्ने नरैनापुरस्थीत जिर्ण अवस्थामा रहेको छोटी भन्सार । सशस्त्र द्वन्द्व सुरुभएपछि बन्द भएको यो छोटी भन्सार शान्ति स्थापना भएको दशक बितिसक्दा पनि सुरु हुन सकेको छैन । बाँकेमा रहेका यस्ता छोटी भन्सार पुनः सन्चालन हुन नसक्दा बर्षेनी लाखौं राजश्व गुमाउनु परेको छ ।

 

 

 

 

 

 

 

 

 

 

२.मटेहियामा डोजर 

बाँकेको राप्तीपारी क्षेत्रलाई सदरमुकाम नेपालगन्जसँग जोड्ने हुलाकी सडकको मटेहियामा बाटो निर्माण गर्दै डोजर । सडकको अवस्था राम्रो नभएका कारण वर्षायामको बेला नेपालगन्ज आउन भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । प्राथमिकतामा रहेको सडक खण्ड भएता पनि अपेक्षाकृत रुपमा काम बढ्न नसकेको स्थानीयहरुको गुनासो रहेको छ ।

 

 

 

 

 

 

 

 

 

३. ढुवानीकाे भरपर्दाे साधन लडिया 

बाँकेको राप्तीपारी नरैनापुर क्षेत्रमा संकलन गरिएको तेजुको पात नेपालगन्ज ल्याउँदै गरेको लडियाहरु । नेपालगन्जमा बिँडी बनाउनका लागि वर्षेनी त्यस क्षेत्रबाट तेजुको पात संकलन गरेर ल्याउने गरिन्छ । लडिया राप्ती पारीकाे भरपर्दाे ढुवानी साधन हाे ।

 

 

 

 

 

 

 

 

 

४. गाउँकाे यातायात

बाँकेको कम्दी मिलनचोक नजिक डुडुवा नदिको पुल माथि काठको लडियामा चढेर घर फर्कदै गरेका बालबालिकाहरु । अझै पनि ग्रामिण क्षेत्रमा काठको लडियालाई ढुवानी साधनको रुपमा प्रयोग हुँद आएको छ ।

 

 

 

 

 

 

५. हलाे, फाेरलेन र बालक 

नेपालगन्ज कोहलपुर सडक खण्डको गनापुर नजिक हलाे जाेतेर घर फर्किदै गरेका बाबुकाे हात समातेर फाेरलेन सडक पार गर्दै गरेका एक बालक ।

प्रतिक्रिया

प्रतिक्रिया