यतीले नयाँ एटिअार ल्यायाे, सेवा नेपालगन्जबाट शुरू गर्ने

 

 

नेपालगन्जन्यूज ।  यती एअरलाइन्सले भित्राएकाे नयाँ विमान एटिअार ७२-५०० काे सेवा संचालन नेपालगन्ज र विराटनगरबाट गर्ने भएकाे छ ।

कम्पनीले जारी गरेकाे प्रेस विज्ञप्तीमा नयाँ विमान नेपाली अान्तरिक उडान क्षेत्रकाे सर्वाधिक नयाँ (कान्छाे) भएकाे उल्लेख गरिएकाे छ ।

२ वटा इन्जिन रहेकाे एटिअार ७२-५०० फ्रेन्च इटालीयन कंसाेर्टियम एटिअारद्दारा निर्मित विमान हाे ।

७२ सीट क्षमताकाे एटिअार विमान  अत्याधुनिक प्रविधीबाट सूसज्जीत तथा अदितीय कार्यक्षमता प्रदर्शन गर्नुका साथै इन्धन मितव्वयी, न्यून ध्वनी र न्यून हरित ग्याँस उत्सर्जन गर्ने क्षमताकाे रहेकाे एअरलाइन्सले भनेकाे छ ।

 

सिंगापुर स्थित नाेर्डिक एभियसन क्यापीटलकाे वित्तीय सहयाेगमा भित्राएकाे नयाँ जहाज शनिवार काठमाडाैंकाे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे हाे ।

नयाँ विमानकाे कल साइन ९ एम एएमएन रहेकाे छ ।

कम्पनीले निकट भविष्यमा थप एटिअार ७२-५०० काे अागमन संगै भैरहवा र भद्रपुरबाट समेत सेवा शुरू गर्ने बताएकाे छ ।

कम्पनीले अब एक वर्षभित्र थप २ वटा एटीआर ल्याउने बताएकाे छ । नयाँ जहाज आएसँगै यतिको विमान संख्या ७ पुगेको छ ।

यतिसंग अहिले ३० सिटे जेटस्टि्रम-४१ सिरिजका ६ वटा विमान रहेको छ ।

तस्वीर ः यती एअरलाइन्स 

प्रतिक्रिया

प्रतिक्रिया