‘सहमति विपरित सडक’

हुलाकी राजमार्ग निर्माण कार्यका क्रममा पुष्पलाल चोक देखि बसपार्क सम्मको सडक खण्ड सहमति विपरित सा“घुरो गराइएको खुलासा भएको छ ।

३० मिटर सडक खण्ड बनाइदा ठूलो भौतिक क्षति हुने भन्दै घरधनीहरुको गठित संघर्ष समिति सग हुलाकी राजमार्गले २२ मिटरमा सहमति जनाएको संघर्ष समितिका पदाधिकारीहरुले खुलासा गरेका हुन् । ‘२२ मिटर भित्र सडकका सबै संरचना बनाउने सहमति दिइएको हो’, संघर्ष समितिका सदस्य समेत रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले दैनिक नेपालगन्जसग भने, ‘तद्अनुरुप काम भएनभएको नेपालगन्ज उपमहानगरपालिकाले हेर्नुपर्छ ।’
विकासका लागि नागरिक अभियानका संयोजक समेत रहेका श्रेष्ठले नगर क्षेत्रको विकास मुख्य दायित्व उपमहानगरपालिकाको भएकाले नवनिर्वाचित जनप्रतिनिधिले भए गरेका कामको अनुगमन गरी निर्णय दिनुपर्ने बताए । ‘भोलि नगर डुब्यो भने त्यसको जिम्मेवार को हुने ?’, श्रेष्ठले साघुरो नाला बनिरहेको गुनासो प्रति पनि सुनुवाई गर्न ध्यानाकर्षण गराउदै भने, ‘एउटा सडक निर्माण कार्य ठिक सग नहुदा त्यसको असर सिंगो सहरलाई पर्छ ।’
श्रेष्ठका अनुसार, २२ मिटर भित्र डेढ मिटरको ग्रिन बेल्ट, दाया“, बाया“ नाला, फुटपाथ र कम्तिमा १२ मिटर सडक पिच गर्ने सहमति गरिएको थियो । ‘ग्रिन वेल्ट नराखिए १४ मिटर सडक पिच गर्ने सहमति भएको हो’, संघर्ष समितिका सदस्य श्रेष्ठले भने, ‘तर, सहमति अनुरुप काम नभएको गुनासो आएको छ ।’ तत्कालीन नगरपालिकाले ११ मिटर भित्र घर बनाउन नक्सा स्वीकृति दिएकाले मध्य सडकबाट ११÷११ मिटर छोडेर सडक बिस्तारको सहमतिमा संघर्ष समिति आएको श्रेष्ठले जानकारी दिए ।
सडक बिस्तार कार्य सुरु भएपछि स्थानीयहरुले चिन्ता गरेका छन् । ‘एक त निकै समयपछि मात्र निर्माण कार्य सुरु भएको छ त्यसमा पनि सहमति भन्दा साघुरो गरी काम भैरहेको छ’, स्थानीयबासिन्दा चिरञ्जीवि ओलीले दैनिक नेपालगन्ज सग भने, ‘उपमहानगरपालिकाले यसबारे गम्भीर चासो लिनुपर्छ ।’
सडक बिस्तार चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टहरुको नेतृत्व गरिरहेका नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान कोषाध्यक्ष विष्णु प्रसाद गौतमले नेपालगन्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख डा. धवल समशेर राणालाई स्थानीयबासीले सडकबारे ध्यानाकर्षण गराएको जानकारी दिए । ‘उहा काठमाडौं भएकाले फर्किने बित्तिकै त्यसबारे आवश्यक निर्णय लिने प्रतिबद्धता जनाउनु भएको छ’, गौतमले भने ।
‘तपाईको भावना विपरित सडक निर्माण कार्यले तिव्रता पाइरहेको छ’, नवनिर्वाचित नगर प्रमुख डा. राणास“ग भएको कुराकानी बारे गौतमले भने, ‘विश्वास छ विकासलाई उल्टो गतिमा लैजाने काम नवनिर्वाचित जनप्रतिनिधिहरु बाट सुधार हुनेछ ।’ सडक छेउको नाला पनि निकै सानो भएको स्थानीयबासीहरुको गुनासो छ ।
निर्माण कार्यलाई तिव्रता दिइरहेको ठेकेदार कम्पनी गणपति कन्स्ट्रक्सनले निर्धारित मापदण्ड र निर्देशनका आधारमा काम गरिरहेको जनाएको छ । ‘हुलाकी सडक डिभिजनले दिएको निर्देशनमा रहेर हामीले काम गरिरहेका छौं’, ठेकेदार कम्पनीका कार्यकारी अध्यक्ष तुलसी राम भण्डारीले पुष्पलाल चोकदेखि सुईयासम्मको ४४ किलोमिटर सडक १२ मिटरको भएको जानकारी दिए ।

‘बसपार्कसम्म १२ मिटर पुरै पिच गर्ने कुरामा हामी सहमति जनाएका छौं’, भण्डारीले भने ।
निर्माण कार्यसम्पन्न गर्न ३० महिनाको अवधी पाएको गणपति कन्स्ट्रक्सनले २ बर्षभित्रै सक्ने गरी काम अगाडी बढाएको जनाएको छ । ‘निर्धारित समयावधि भन्दा छिटै काम सक्ने गरी निर्माण कार्यलाई तिव्रता दिइएको छ’, कार्यकारी अध्यक्ष भण्डारीले गुणस्तरको गुनासो पनि आउन नदिने दाबी गरे ।

प्रतिक्रिया

प्रतिक्रिया