नेपालगन्ज बसपार्क सडकमा मनोमानी, सडक क्षेत्रफल घटाइयो

सरकारले ३० मिटर चौडा बाटो बनाउने भन्दै हुलाकी सडक परियोजना सुरु गरेपछि पुष्पलाल चोकदेखि बसपार्क सम्मका स्थानीय घरधनीहरु झस्किए । यसअघि सुर्खेतरोडमा ‘विल्डअप’ एरिया भन्दै ३१ मिटर सडकलाई २१ मा झारेको नजिर अघि सार्दै संघर्ष समिति गठन गरियो । र, दबाब दिइयो, ‘२२ मिटर भित्र सडक संरचना बन्नुपर्छ ।’
२२ मिटर सडकका लागि गठन भएको संघर्ष समिति भित्रै फेरि अर्को समूहले १४ मिटरको लबिङ्ग गर्यो । तर, अचम्म सडक अहिले ११ मिटरको बन्न लागेको छ । ‘सडक चौडाई बढाउने प्रतिस्पर्धा हुनुपर्नेमा घटाउने काम कसले गरिरहेको छ ?’, ३० मिटर कि २२ मिटरभन्ने स्थानीय घरधनीहरुको विवादमा समय अनुसार विकासमा जोड दिएका विष्णु प्रसाद गौतमले दैनिक नेपालगन्ज सग भने, ‘अहिले त सडक अझ सा“घुरो पो भएछ ।’
संघर्ष समितिका सल्लाहकार श्यामलाल अर्यालले हुलाकी सडकको पुष्पलालचोक बसपार्क सडक खण्डमा विकास विरोधी शक्ति सक्रिय भएको भन्दै चिन्ता व्यक्त गरे । ‘ठूलै बदमासी पो भएछ’, संघर्ष समितिका सल्लाहकार समेत रहेका अर्यालले दैनिक नेपालगन्जस“ग भने, ‘२२ मिटर भित्र संरचना बनाउने सुझाव सबैबाट आएको हो ।’
स्थानीय घरधनीहरु त्यतिबेला चकित भए जतिबेला सडक सा“घुरो हुनेगरी नाला निर्माण सुरु भयो । ‘नाला पनि एक फुट उचाइको देखिंदैछ’, स्थानीय घरधनी भन्छन्, ‘ठेकेदारले रेन डे«न अर्थात् बर्षात्को सडक पानीका लागि मात्रै नाला बनाइरहेको छ ।’ स्थानीय घरधनीहरुका अनुसार, ३० मिटर कि २२ मिटरको विवादमा सबै घरधनीले २२ मिटरमा सहमति जनाएका थिए । ‘मैले ३० मिटर छोड्नुपर्छ भनेर अभियान चलाएको थिए’, गौतमले आफुले त्यसैअनुसार संरचना निर्माण पनि गरेको जानकारी दिंदै भने , ‘तर, अधिकांस घरधनीमा २२ मिटरमा जोड दिएपछि आफुपनि पछाडी
सरें । ‘तर, अहिले त सडकको मध्य भागबाट साढे ५ मिटर क्षेत्रफलमा नाला निर्माण गर्न थालिएको छ’, गौतमले सबै जसो घरधनीले २२ मिटरका लागि ठाउ“ छोडिदिएकाले सडकको बीचमा नाला खनिएको जस्तो प्रष्ट देख्न सकिने जानकारी दिंदै भने ।
ठूलो ऋण अनुदानको लगानीमा अत्याधुनिक सुविधाको बसपार्क निर्माण गरिंदैछ । त्यही बसपार्कस“ग सुर्खेतरोड जोड्ने महत्वपूर्ण सडक अत्यन्त सा“घुरो हु“दा वैकल्पिक बाटो चम्कने चिन्ता स्थानीयबासीको छ । ‘यो ठूलै षडयन्त्र हो’, पुष्पलाल चोकका घरधनी श्रीधर आचार्यले दैनिक नेपालगन्ज स“ग भने, ‘सा“घुरो सडक बनाएर पछि वन वे ट्राफिक चलाउने षडयन्त्र भैरहेको छ ।’ पुष्पलाल चोकका अर्का घरधनी रमानाथ ढकालले बसपार्क रोड सा“घुरो बनाएर पुष्पलाल चोक समेतको विकास र बजारमा नकारात्मक प्रभाव पार्ने योजना भैरहेको टिप्पणी गरे । ‘५ मिटरको सदरलाइन त १४ मिटरको बन्दैछ’, ढकालले दैनिक नेपालगन्ज स“ग भने, ‘यहा“ २२ मिटरको सहमति लिएर ११ मिटरको सडक कसरी बन्दैछ ?’
स्थानीयबासीले विकास विरोधी तत्व सल्बलाएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । ‘यो कुरा मेयर साहबलाई जानकारी होला कि नहोला ?’, गौतमले संघर्ष समिति गठन गरेर विकास विरोधी षडयन्त्र रोक्न लागि परेको जानकारी दिंदै भने, ‘हामीलाई विश्वास छ, नेपालगन्जको विकासमा भैरहेको यो बदमासी रोक्न नवनिर्वाचित जनप्रतिनिधिहरु गम्भीर हुनेछन् ।’

प्रतिक्रिया

प्रतिक्रिया