बाकेका सबै अस्पताल र मेडिकल बन्द

बाकेका चिकित्सकहरु अकस्मात आन्दोलित भएका छन् । चार दिन अघि भएको एउटा घटनालाई लिएर आन्दोलित चिकित्सकहरुले आज मंगलबार देखि जिल्लाका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेका छन् ।
चिकित्सकहरुको छाता संगठन, नेपाल चिकित्सक संघको आकस्मिक साधारणसभाको बैठकले अनिश्चितकालका लागि स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको हो । संघका सचिव डा. आर के झाले राती साढे ९ बजे प्रेस विज्ञप्ति मार्फत इमरजेन्सी बाहेकका सम्पूर्ण सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ्ग होम र निजी क्लिनिक समेत बन्द घोषणा गरिएको जानकारी दिए ।
‘हामीलाई काम गर्न असुरक्षा भयो’, डा. झाले दैनिक नेपालगन्ज स“ग भने, ‘सहज वातावरणको सुनिश्चितता नभएसम्म चिकित्सकहरु काममा फर्कदैनन् ।’ गत असार २८ गते नेपालगन्ज विद्युत रोड स्थित मा जानकी अस्पतालमा तोडफोडस“गै डा. श्याम सुन्दर यादव माथि आक्रमण भएको डा. झाको भनाइ छ ।
‘समयमा हामी नपुगेको भए डा. यादवको ज्यानै जान सक्ने गरी आक्रमण हुन्थ्यो’, डा. झाले घटना बारे भने । गत वैशाख २८ गते जानकी अस्पतालमा उपचारार्थ भर्ना भएका एक जना बिरामीको जेठ ८ गते लखनउ रेफर गरिएको घटनालाई लिएर आफन्तहरुले अस्पतालमा दुव्र्यवहार गरेको बताइएको छ । ‘घटनामा संलग्नलाई किटानी सहित कारवाहीका लागि भोलिपल्टै प्रशासनमा ज्ञापनपत्र बुझाइएको हो’, डा. झाले भने, ‘तर, सुनुवाई भएन ।’
‘दोषीलाई कारवाही गर्न प्रशासनले हामीलाई पत्राचार गरिसकेको छ’, बा“के प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक प्रसाद राईले दैनिक नेपालगन्जस“ग भने, ‘कारवाही प्रक्रिया अगाडी बढिरहदा एक्कासी आन्दोलन मर्यादित भएन ।’ विरामीका आफन्तले घटनाको जा“चबुझ गर्न प्रशासनमा उजुरी समेत दिएका छन् ।

महंगियो सेवा
भेरी अञ्चल अस्पतालको आधारभूत सेवा महंगो बनाइएको छ । अस्पताल विकास समितिले साउन १ गतेदेखि लागु हुने गरी विरामीको पर्चा शुल्क दोब्बर बनाएको हो ।

बर्षौदेखि पर्चा शुल्क १० रुपैया रहदै आएपनि २० रुपैया“ लिन थालिएको छ । पर्चाको दैनिक नविकरण व्यवस्था गरिएको र सोको शुल्क प्रतिदिन १० रुपैया छ ।
‘महंगी बढ्दै गएपनि धेरै समयदेखि पुनरावलोकन हुन नसकेकोले शुल्क वृद्धि गरिएको हो’, समितिका सदस्य सचिव, अस्पतालका मेसु डा. विरेन्द्र बहादुर चन्दले भने । डा. चन्दका अनुसार, सयबढी कर्मचारीलाई समितिको आम्दानीले धान्नु पर्ने बाध्यता अस्पताललाई छ । ‘बर्षेनी खर्च बढ्दै जान्छ, स्रोत सीमित छन्’, डा. चन्दले शुल्क वृद्धिको बाध्यता बारे जानकारी दिंदै भने । यद्यपि, अस्पताल नोक्सानमा भने नरहेको डा. चन्दको भनाइ थियो । निःशुल्क सेवाका लागि सरकारी अस्पताल खोज्दै आउने विरामीहरुको संख्या भेरी अञ्चल अस्पतालमा मात्रै ४ देखि ५ सय सम्म रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया